काठमाडौं । तारा एयरको जहाज हुम्लाको सिमिकोटमा दुर्घटनामा परेको छ । सिमिकोट विमानस्थलको रनवेमा चिप्लिदाँ तारा एयरको ९ एनएबिएम कलसाईन ट्वीनअटर विमान दुर्घटनामा परेको हो ।
विमानमा रहेका १७ यात्रु मध्ये पाइलट सहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा पाइलटद्वय बसन्त लामा र अनुप गुरूङ रहेका छन् । यसैगरी अन्य तीन जना यात्रुमा रहेको छन् । घाइतेको अवस्था हेरी सुर्खेत या नेपालगञ्ज लैजाने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ ।
विमानमा सवार अन्य १३ यात्रु भने सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको हुम्लामा उपचार भइरहेको छ ।
विमान यात्रु लिएर नेपालगञ्जतर्फ जानका लागि उड्न लागेको थियो । सोही क्रममा दुर्घटनामा परेको हो । विमान
टेकअफ लिनेवेलामा टायर पंचर भएपछि दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया