वि.सं. २०८२ कार्तिक ५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तिव्र प्रतिस्पर्धाले मर्चेन्ट बैकिङ व्यवसायमा दुर्घटना हुन सक्छ : मेखबहादुर थापा

अर्थटुडे
२०७४ मंसिर २०, बुधबार

मर्चेन्ट बैकिङ व्यवसायको अवस्था कस्तो छ ?
मर्चेन्ट बैंकिड व्यवसाय अहिले अप्ठ्यारो अवस्थामा रहेको छ । आश्वा प्रणाली लागु भएपछि र बढ्दो प्रतिष्पर्धाको कारणले गर्दा मर्चेन्ट बैंकरहरुको आम्दानीको स्रोत नगन्य भइसकेको छ । मेहनत अनुसारको आम्दानी देखिदैन । काम गर्न नै खोज्नुपर्ने अवस्था छ ।

आश्वा प्रणाली लागु हुदा आम्दानी घट्छ भन्ने त सबै मर्चेन्ट बैंकरहरुलाई जानकारी नै थियो नि, आम्दानीको स्रोत खोज्न किन सक्नु भएन ?
मर्चेन्ट बैंकरहरुले मात्र स्रोत खोजेर हुदैन उसलाई त नियमनकारी निकायले पनि त स्रोत देखाइदिनुपर्यो । मर्चेन्ट बैंकरहरुले जे मन लाग्छ त्यो त गर्न पाइदैन । धितोपत्र बोर्डले नयाँ क्षेत्रहरुमा काम गर्नका लागि मर्चेन्ट बैंकरहरुलाई लाइसेन्स दिन पर्छ । हुन त विस्तारै कार्यक्षेत्र खुल्ला गरिरहेको अवस्था छ । जस्तो संस्थागत परामर्शदाताको पनि काम गर्नको लागि लाइसेन्स दिने व्यवस्था भएको छ । केही बर्षको लागि भने यो व्यवसायमा निक्कै चुनौतिहरु रहेका छन् ।

मेख बहादुर थापा प्रमुख कार्यकारी अधिकृत, एनआइबीएल क्यापिटल

यो व्यवसायमा कस्ता चुनौतिहरु देख्नुभएको छ ?
पहिलो त बढ्दो प्रतिष्पर्धा छ । त्यस्तै आश्वा प्रणालीका कारण पनि सञ्चालन जोखिम (अप्रेसनल रिस्क) पनि निक्कै बढेर गएको अवस्था छ । अश्वा सदस्य भनेर बैंक तथा वित्तिय संस्था सबैलाई लाइसेन्स दिइएको छ तर उनीहरुको कामको अनुगमन तथा नियमन गरिएको छैन ।  त्यसको  अनुगमन नहुदा इस्यु म्यानेजमेन्टको काम कठिन भइरहेको छ । सेयर रजिष्ट्रर (आरटीएस) को काममा पनि निक्कै नै कठिन छ । सिडिएस आइसकेपछि केही इलोक्ट्रोनिक फर्ममा र केही फिजिकल फर्ममा छ । सिडिएसको सिष्टमले फ्ल्याक्सन सपोर्ट गर्दैन । बोनस, हकप्रद लगायतका कुरामा पनि समस्या रहेको छ । सेयर रजिष्टरको काम गर्न पनि एकदमै गाह्रो भएको छ । हुन त यो विस्तारै सहज हुदै जाला । सम्पुर्ण कारोबार विद्युतीय रुपमा गइसकेपछि सहज हुन्छ तर अहिलेको परिप्रेक्ष्यमा सेयर रष्विष्टरको काम सहज छैन । आरटीएसको शुल्क पनि निक्कै कम रहेको छ । जसले आम्दानीलाई नै असर गरेको छ । आम्दानीको भरपर्दो स्रोतको रुपमा सेयर रष्टिरको विजनेसलाई पनि लिन सकिने अवस्था छैन । अर्को विजनेश भनेको अन्डरराइटीङको हो । त्यो त सिजनल जस्तै हो । यो भरपर्दो आम्दानी होइन । अर्को पोर्टफोलियो म्यानेजमेन्ट हो । एक त बजार एकदमै चुनैतिपुर्ण रहेको छ अर्को पोर्टफोलियो म्यानेजमेन्ट सम्बन्धी मानिसहरुमा जानकारी पनि त्यत्ति धेरै छैन । यो विजनेसले पनि त्यत्ति उचाइ लिन सकेको अवस्था छैन ।

यत्तिका चुनौतिहरु देखिन्छन् तर पनि बजारमा यत्ति धेरै कम्पनीहरु किन आइरहेका छन् त ?
मलाई त थाहा छैन किन यत्ति धेरै कम्पनीहरु बजारमा आइरहेका छन् । बास्तममा अहिलेको अवस्थामा हेर्ने हो भने नयाँ आउने कम्पनीहरुलाई व्यवसाय चलाएर कम्पनी टिकाउन पनि गाह्रो अवस्था देख्छु । जसले म्याचुअल फण्डहरु चलाई रहेका छन् ति मर्चेन्ट बैंकरहरुलाई त केही हदसम्म सहज नै छ । तर नयाँ कम्पनीहरुलाई त निक्कै कठिन छ ।
हामी लगायत सम्पुर्ण मर्चेन्ट बैंकरहरुको यस बर्ष ४० देखि ७० प्रतिशतसम्म नाफा घट्नेवाला छ । कसैको ९० प्रतिशतसम्म नाफा घट्यो भने पनि म अचम्म मान्दिन । सिमित बजार छ तर नयाँ कम्पनीहरु भटाभट खुल्दा तिव्र प्रतिष्पर्धा हुने र  गुणस्तर खस्किने चिन्ता रहेको छ । हामीले फण्ड म्यानेजमेन्ट साइडमा फोकस गर्न खोजीरहेका छौ । त्यो काम गर्दा त्यस्तै तहको दक्ष जनशक्ति, पुर्वाधार र  पोलीसीहरु बनाउनुपर्ने हुन्छ ।  त्यसरी जादा हामीलाई धेरै खर्च हुन्छ,भोलिका दिनमा रिटर्न आउला त्यो आफ्नो ठाउँमा छ । अझै दुईतीन बर्ष हामीजस्ता पूराना कम्पनीहरुलाई त टिक्न गाह्रो छ भने नयाँ कम्पनीहरुलाई कत्ति कठिन होला ? नयाँ कम्पनीहरुको हकमा त मलाई के लाग्छ भने उनीहरुले पैसा मुद्धति खातामा राख्ने आएको व्याजले चार\पाँच जना कर्मचारी धान्ने र चार÷पाँच प्रतिशत लाभांस बाड्ने बाहेक अन्य काम गर्न सक्ने अवस्था म देख्दिन । क्लीयर रोडम्याप लिएर पनि कुनै मर्चेन्ट बैंकरहरु बजारमा आएको जस्तो मलाई लाग्दैन । खाली के मात्र देखेको छु भने सबैले सहायक कम्पनी खोली रहेका छन् हामीपनि खोल्नु पर्छ भन्दै मर्चेन्ट बैकिङ खोलेका छन् । अझ भन्दा बाणिज्य बैंकहरु मर्चेन्ट बैंकरहरुको दौडमा भाग लिइरहेको जस्तो देखिन्छ ।

म्युचुअल फण्डका लागि सहायक कम्पनी अनिवार्य रुपमा हुनुपर्ने प्रावधानका कारण पो बजारमा मर्चेन्ट बैंकरहरुको उपस्थिति बाक्लिएको हो कि ?
त्यो पनि एउटा कारण होला । तर म्युचुअल फण्डलाई पनि यसरी हल्का रुपमा लिन हुदैन । म्युचुअल फण्ड सञ्चालनका लागि पनि त एकप्रकारको तयारी त चाहियो नी । त्यसका लागि बजारको अध्ययन चाहियो, टिमसेटअप, पूर्वाधार लगायतका कुराहरु पनि त चाहिन्छ नी । जुन हाम्रो बजार छ र अहिले बजारमा आउन र आएका सव्सीडरी कम्पनीहरु छन्, त्यो हेर्दा सेटअप यत्ति चाडै बन्ला जस्तो मलाई लाग्दैन । बजारमा हेर्ने हो भने राम्रोसँग म्याचुअल फण्ड चलाएको भनेको तीन चारवटा बैंकहरुले त छ नी । अरु सबैले म्यचुअल फण्ड ल्याउन खोज्दैछन् । फण्ड ल्याउन त ल्याउलान् तर ल्याएर मात्र पनि त भएन नी । चलाउन पनि पर्यो । त्यसका लागि म्यानपावर, सिष्टमहरु चाहियो । जसरी मर्चेन्ट बैकिङ व्यवसाय जुन दौडमा गएको छ भोलि दुर्घटना हुन सक्छ । त्यसतर्फ नियमनकारी निकायले अध्ययन गरेर पाइला चाल्नुपर्ने हो ।

नेपाल धितोपत्र बोर्डले पुँजीबृद्धिका लागि मर्चेन्ट बैंकरहरुलाई अनुरोध गरिसकेको छ । पुँजीबृद्धिसँगै बोर्डले विजनेशका लागि थप ढोका खुल्ला गरिदिइसकेको छ यसबाट व्यापार ल्याउन सकिदैन र ?
यो भर्खरै खुलेको कुरा हो । यसमा पनि संस्थागत परामर्शदाता भनेको छ । यसमा मर्चेन्ट बैंकरहरुले सल्लाहमात्र दिने हो । यो विल्कुलै नयाँ हो । यो सेट भएर आम्दानी आउनका लागि कम्तीमा दुई तीन बर्ष लाग्छ भन्ने मेरो भनाइ हो । पुँजी बृद्धि ठिक हो । लाइसेन्स पनि सबैले लिन्छन् । काम पनि दिनु वा पाउनु पर्यो । नेपालमा भेन्चर क्यापिटलको परामर्श लिन कति आउँछन् होला ?

एनआइबीएल क्यापिटलको योजनाहरु के छन् ?
हामीले लाइसेन्स पाएको काम जति सबै गरिरहेका छौ । डिम्याट एकाउन्ट र म्युचुअल फण्डमा पनि काम गरेको हुनाले हामीलाई धेरै अप्ठ्यारो भने छैन । हाम्रो पनि नाफा ५० प्रतिशत सम्म घट्न सक्छ । हामीले यो अवस्था आउँछ भनेर म्याचुअल फण्डमा बढी फोकस गरेर अगाडी बढीरहेका थियौ करिब दुईतीन बर्षदेखि ।  त्यसैले अहिले हाम्रो पोजिसन राम्रो छ । फण्ड म्यानेजमेन्टमा पनि हामीले खुल्लामुखी योजना ल्याउने भनेर धितोपत्र बोर्डमा निवेदन दिएका छौ । यो नयाँ खालको स्किम हो नेपालमा । बोर्डले स्वीकृति दिएमा यो योजना ल्याउने नेपालमा हामी पहिला हुन्छौ । रिसर्चको टिम पनि बनाइरहेका छौ । एडभाइजरीको लागि पनि मानिस हायर गरिरहेका छौ । भोलिको लागि हामी तयार नै छौ । अझैपनि हामीसँग धितोपत्र निष्कासको पाटोमा १२ वटा जति आइपीओ र हकप्रदहरु पाइपलाइनमा नै रहेका छन् ।

आगामी दिनमा हामीले फण्ड म्यानेजमेन्टमा फोकस गर्ने, डिपीलाई शसक्त बनाउने र नयाँ खोलिएको कर्पोरेट एडभाइजरीलाई कसरी राम्रो तवरले प्रयोग गर्ने भन्ने कुरामा हामी गइरहेका छौ । हामीले आफ्नै शाखा लगनखेलमा र पोखरामा शाखा खोल्देछौ । हामी डिपीलाई उपत्यका बाहिर नै फोकस गर्न चाहन्छौ । किनकी उपत्यकामा करिव सबैले डिम्याट खाता खोलीसकेका छन् । ग्राहकलाई सन्तुष्टी दिने कुरामा भने हामीले कम्प्रमाइज नगर्ने बरु खर्च बढे बढोस् भन्ने नै हाम्रो मुख्य लक्ष्य हो । निकट भविष्यमा नै सात\आठ बटा शाखा पुर्याउने भन्ने हाम्रो लक्ष्य रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ