वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लमजुङमा सिभिल बैंकको पाँचवटा शाखा सञ्चालनमा

अर्थटुडे
२०७४ पुष १२, बुधबार

लमजुङ । सिभिल बैंक लिमिटेडले लमजुङको पाँच स्थानमा शाखा विस्तार गरेको छ । लमजुङ सदरमुकाम बेसीशहर, राइनास नगरपालिका, मस्र्याङ्दी, दुधपोखरी र क्व्होलासोँथर गाउँपालिकामा शाखा विस्तार गरेको हो ।

शाखाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले ग्रामीण क्षेत्रमा बैंक विस्तार हुनुले आर्थिक सम्वृद्धीमा टेवा पुग्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण अर्थतन्त्रमा सुधार गर्नेगरि बैंकले सेवा दिने दाबी गरे ।

उनले कृषि, पशुपालन, उद्योग ब्यवसाय जस्ता क्षेत्रमा लगानी बढाएर स्थानीयको आर्थिक सम्वृद्धिमा बैंकले सहयोग गर्ने बताए । नेपाल राष्ट्र बैंकले स्थानीय तहमा बित्तीय पहुँच र्पुयाउने नीतिलाई आत्मसात गर्दै सिभिल बैंकले ग्रामीण भेगमा शाखा विस्तार गरेको उनले बताए ।

बैंकले सामाजिक उत्तरदायित्वको वहन संगसंगै ग्राहकवर्ग तथा अन्य सरोकारवालाको हितलाई ध्यानमा राखेर सेवालाई परिस्कृत र पहुँचलाई बिस्तार गर्दै लाने उनको भनाइ छ ।

सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मस्र्याङदी गाँउपालिका तथा मातहतका वडा कार्यालयहरुलाई १० थान कम्प्यूटर समेत प्रदान गरेको छ ।

सिभिल बैंकले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा ११ करोड ३३ लाख खुद मुनाफा कमाएको जनाएको छ । यो पहिलो वर्षको यसै अवधिको तुलनामा ६७९ दशमलब १८ प्रतिशत बृद्धि रहेको बैंकद्धारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ