वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यातायात व्यवसायी महासंघको राष्ट्रिय महाधिवेशन माघको १७, १८ र १९ गते चितवनमा हुने

अर्थटुडे
२०७४ पुष १३, बिहीबार

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशन माघको १७, १८ र १९ गते चितवनको नारायणगढमा हुने भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रीय कमिटीको आज बसेको बैठकले महासंघको ५औं राष्ट्रिय महाधिवेशन माघको १७, १८ र १९ गते चितवनको नारायणगढमा गर्ने निर्णय गरेको हो ।

बैठकले महासंघका का.वा. अध्यक्ष डोलनाथ खनालको संयोजकत्वमा १०१ सदस्सीय महाधिवेशन मुल समिति गठन गरिएको छ । यहि मुल समितिले आवश्यकता अनुसार विभिन्न उप–समितिहरु गठन गरिने कुरा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव तथा प्रवक्ता सरोज सिटौंलाले जानकारी दिए ।

महासचिव सिटौलाले राष्ट्रिय महाधिवेशनलाई भव्य, सभ्य र मर्यादित बनाउनको लागि भोलि राष्ट्रिय परिषद्को भेला समेत आयोजना गरिएको बताउदै उनले महासंघलाई संघिय ढाँचामा लैजानको लागि केन्द्र, प्रदेश र जिल्ला गरि तीन तहको संरचना बनाउने निर्णय समेत गरेको बताए ।

राष्ट्रिय परिषद्को भेलाका लागि देशभरका संघ\संथा\प्रालिका अध्यक्ष सहितको पदाधिकारीहरु राजधानी आईसकेका छन् । भेला भोलि १२ बजे हिरा पार्टी प्यालेसमा हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ