वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्यासको भाउ २५ रुपैयाँ बढ्यो

अर्थटुडे
२०७४ पुष १८, मंगलवार

काठमाडौं । नेपाल आयल निगमले एलपिजी ग्यासको मूल्य २५ रुपैयाँ बढाएको छ । नयाँ मूल्य अनुसार अब एक सिलिन्डर ग्यासको भाउ एक हजार तीन सय ७५ रुपैयाँ पुगेको छ ।

इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यका आधारमा निगमले सोमबार रातिदेखि सबै सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर लिटरको १ सय २ रुपैयाँ र डिजल तथा मट्टितेल लिटरको ७९ रुपैयाँ पुगेको छ । यसैगरी आन्तरिकतर्फ हवाइ इन्धन प्रतिलिटर तीन रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ५० डलर मूल्य बढाएको निगमले जनाएको छ ।

स्वचालित मूल्य प्रणाली अनुसार अन्तर्राष्ट्रिय बजारभाउका आधारमा समायोजन गरिएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । भाउ बढेपछि पनि निगमको मासिक नोक्सानी २६ करोड ४० लाख रुपैयाँ हुने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ