काठमाडौं । काठमाडौं प्रहरी परिसरले पूर्वडीआईजी नवराज सिलवाललाई पक्राउपुर्जी जारी गरेको छ । परिसरले सांसद समेत रहेका सिलवाललाई पक्राउ गर्नका लागि ललितपुर प्रहरीलाई पत्राचार गरेको छ ।
कार्यसम्पाद मूल्यांकन कीर्ते गरेको अभियोगमा सिलवालविरुद्ध परिसरमा कीर्ते मुद्दाको जाहेरी दर्ता भएको छ । अनुसन्धानका क्रममा सिलवाललाई पक्राउ गर्न पूर्जी जारी गरिएको प्रहरीले जनाएको छ ।
आफूलाई प्रहरी प्रमुख बनाउन माग गर्दै सर्वोच्च अदालत गरेका नेपाल प्रहरीका तत्कालीन डीआईजी सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन कीर्ते भएको ठहर गर्दै सर्वोच्चले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न भनेको थियो ।
सर्वोच्चको फैसलाको पूर्णपाठ आए लगतै काठमाडौं प्रहरी परिसरमा कीर्ते मुद्दाको जाहेरी दर्ता भयो ।
प्रतिक्रिया