काठमाडौ । नेपालमा प्रत्यक्ष बैदेशिक लगानी (एफडिआइ) कुल १५१ अर्ब रुपैया भित्रिएपनि ऋण र जगेडा कोषको रुपमा धेरै रकम रहेको अध्ययनले देखाएको छ ।
नेपाल राष्ट्र बैंकले प्रत्यक्ष बैदेशिक लगानीमा गरेको अध्ययनले १५१ अर्ब एफडिआइमध्ये ९७ अर्ब रुपैयाँ ऋण र जगेडा कोषको रुपमा रहेको र चुक्ता पूँजीको हिस्सा करिव ५४ अर्ब रुपैयाँ मात्र रहेको देखाएको छ ।
नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा सो अध्ययनका बारेमा जानकारी दिँदै राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक नरवहादुर थापाले सो रकम जम्मा भएर बस्छ, फेरी लगानी हुनछ वा विदेश जान्छ त्यसबारेमा कुनै जानकारी नभएको बताएका छन् ।
उनले नेपालमा भएका २५२ कम्पनीका माध्यमबाट एफडिआइ आएको जानकारी दिदै त्यसमध्ये ३७ वटा उत्पादनमूलक उद्योगहरुमा मात्र एफडिआइ आएको बताए ।
थापाले भने,‘ ३७ मध्ये ११ वटा मात्र निर्यातजन्य उद्योग रहेका र त्यसमध्ये पनि ८ वटा एफएमसिजी र ३ अन्य उत्पादनसँग सम्बन्धित उद्योगमा एफडिआइ भित्रिएको जानकारी दिए ।
प्रतिक्रिया