एजेन्सी । डेनमार्कको कोपनहेगन स्थित क्याफे ३३ बाट विश्वकै सबैन्दा महंगो रक्सीको बोतल चोरी भएको छ ।
चोरी भएको महंगो बोतल रुसो बाल्टिक भोड्का रुसी कम्पनी डार्टज मोटर्जले बनाएको हो । संसारको सबैभन्दा महंगो भोड्का क्याफे ३३ मा हेर्नका लागि मात्रै राखिएको अवस्थामा चोरी भएको हो ।
जुन बोत्तलको मूल्य झण्डै १३ करोड नेपाली रुपैयाँ रहेको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । बोतल चोरी भएपछि डेनमार्कको राजधानी कोपनहेगनमा हल्लाखल्ला मच्चिएको थियो । चोरी भएपछि डेनमार्क प्रहरीले यस विषयमा जाँच सुरु गरेको छ ।
चोरी भएको उक्त मदिरा पिउन, बेच्नका लागी भन्दा पनि हेर्नका लागी मात्रै राखिएको हुन्छ । डेनमार्कको क्याफे ३३ मा संसारका धेरैजसो महंगा मदिरा पाइन्छ ।
प्रतिक्रिया