काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी विनियमावली अनुसार कर्मचारीहरुको बढुवा प्रक्रिया नगर्दा धेरै विभागहरु कायम मुकायम निर्देशनकको भरमा संचालन भइरहेको छ । बैंकको पदपुर्ति समितिले खाली रहेको पदमा बढुवा नगर्दा कामु जिम्मेवारी लिएका निर्देशकहरु बढुवा नपाई अवकास हुने अवस्थामा पुगेका छन् ।
स्रोतका अनुसार २०७३ साल मंसिरमा कायम मुकायमको जिम्मेवारी पाएका सात जना कार्यकारी निर्देशक र ११ जना निर्देशकहरुको बढुवा प्रकृया नै रोकिएको छ ।
यसअघि केन्द्रिय बैंकले कर्मचारी विनियावली संशोधन गर्न लोकसेवा आयोग पठाएको बहानामा उनीहरुको बढुवा नै रोकेको थियो । तर २०७४ मंसिर १४ गते लोकसेवा आयोगले नेपाल राष्ट्र बैंक कर्मचारी विनियावली शंसोधन गरेर पठाएर लागु पनि भइसकेको छ ।
शंशोधित विनियावली अनुसार केन्द्रिय बैंकमा दरबन्दी खाली भएको १५ दिनभित्र बढुवा प्रक्रिया सुरु गर्नुपर्ने र प्रकृया सुरु भएको १५ दिनभित्र बढुवा गरिसक्नुपर्ने प्रावधान रहेको छ । तर, आयोगले विनियावली शंसोधन गरेर पठाएको डेढ महिना वितिसक्दा पनि बढुवा प्रक्रिया सुरु गरेको छैन ।
पदपुर्ति समितिका संयोजक डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले नै बढुवा प्रक्रिया रोकिराखेको केन्द्रिय बैंकका उच्च अधिकारीहरु दावी गर्छन् । राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर डा.चिरन्जीवी नेपाल कर्मचारीहरुको बढुवा प्रक्रिया नरोक्ने मनस्थितिमा भएपनि उनको दाहिने हातको रुपमा काम गरिरहेका डेपुटी गभर्नर शिवाकोटी भने केही महिना बढुवाको प्रक्रिया रोक्ने पक्षमा देखिएका छन् ।
आफूहरु कर्मचारीहरुको पक्षमा वकालत गर्ने बताउँदै आएका नेपाल राष्ट्र बैंकका कर्मचारी युनियनहरुले पनि यस विषयमा केही बोलेका छैनन् । युनियका नेताहरुले पनि आफूहरुलाई फाइदा हुने कुरामा मात्र आन्दोलन र धर्ना दिने गरेको र यस्ता कर्मचारीहरुका विषयमा कुनै वकालत नगरेको बुझाइ उच्च तहका कर्मचारीहरुको रहेको छ ।
हाल कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी पाएका तीनजना कामू कार्यकारी निर्देशक डा.गोपाल प्रसाद भट्ट, येजेन्द्र प्रसाद लुइटेल र बासुदेव अधिकारीले यही फागुनमा सेवा अवधि सकिएको चिठ्ठी बुझ्नेछन् भने चैतमा उनीहरुको सेवा अवधि सकिने छ । उनीहरुको सेवा अवधि सकिएपछि मात्र बढुवाको प्रक्रिया थाल्ने अडानमा डेपुटी गभर्नर शिवाकोटी रहेको स्रोतको भनाइ छ । शिवाकोटी बाशुदेव अधिकारीका सहपाठी समेत हुन् ।
यसरी बढुवा प्रक्रिया अनिर्णय बन्दा कामुको जिम्मेवारी पाएका उपेन्द्रकुमार पौडेल डा.नेफिल मताङगी मास्के, निलम ढुंगाना र डा.भुवनेश प्रसाद पन्त त्यसैगरी कामू निर्देशकहरु ११ जना पनि अन्याय सहेर बसेका छन् ।
राष्ट्र बैंकका प्रबक्ता नारायण पौडेल भने बढुवा प्रक्रिया सूरु भएको बताए । प्रबक्ता पौडेलले भने, केन्द्रिय बैंकले कर्मचारी बढुवा गर्न लोकसेवा आयोगमा परामर्शको लागि पत्र पठाएको बुझेको छु । पत्र पाउनासाथ रोकिएका कर्मचारीहरुको बढुवा हुन्छ ।
तर, राष्ट्र बैंक स्रोत भने परामर्शको लागि शंसोधित विनियावलीमा कुनै प्रावधान नरहेको र यो भनेको कर्मचारीह्रुलाई भुलाउने उदेश्यका साथ भएको दावी गर्छन ।
प्रतिक्रिया