वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइएमई लाइफ इन्सोरेन्सको अभिमूखीकरण तालिम

अर्थटुडे
२०७४ माघ १८, बिहीबार

चितवन । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले शाखा तथा अभिर्कताहरुको लागि आयोजना गरेको तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले २०७४ माघ १५ देखी १७ गते चितवनको सौराहामा सो कार्यक्रम सञ्चालन गरेको हो । सञ्चालनमा आएका ४० भन्दाबढी शाखाका प्रदेश प्रमुख, शाखा प्रमुख तथा उत्कृष्ट अभिकर्ताहरु गरि करिब १०० जनाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा कम्पनीका तर्फबाट कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल तथा सञ्चालक समितिका सदस्य इश्वरकुमार कार्कीबाट उपस्थित सम्पूर्ण कर्मचारी तथा अभिर्कताहरुलाई आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न तथा व्यापार व्यावसाय वृद्धि गर्न प्रोत्साहित गर्नुको साथै उत्कृष्ट कर्मचारी तथा अभिकर्ताहरुलाई सम्मान समेत गरे ।

कार्यक्रममा अभिर्कताहरुको लागि विशेष किसिमको उत्प्ररेणात्मक कार्यक्रम कम्पनीले आयोजना गरेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ