काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले आफ्नो नयाँ शाखा काठमाडौंको महाराजगञ्जमा खोलेको छ । सो शाखाको नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले गरेका छन् ।
पौडेलले सुगम क्षेत्रमा मात्र बैंकहरु सिमित नभई नेपाल सरकार र नेपाल राष्ट्र बैंकले तोेकेका ग्रामिण क्षेत्रमा रहेका स्थानिय निकायहरुमा शाखा खोलि दु्रत सेवा उपलव्ध गराउन बढी अग्रसर हुनुपर्ने आवश्यकता औंल्याए ।
त्यसैगरी उनले बिजुली, ईन्टरनेट आदि नपुगेका दुर दराजका ग्रामिण भेगमा स्थानीय निकायहरुसँग सहकार्य गरी सो क्षेत्रहरुमा पनि यथाशिघ्र वित्तीय पहुँच पु¥याउन निर्देशन दिए ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले महाराजगञ्ज क्षेत्रको बचत सोही क्षेत्रमा परिचालन गरी यहाँ अवस्थित उद्योग, व्यापार र व्यवसाय प्रबद्र्धनमा बैंक सहायक हुने कुरा आश्वस्त गराउँदै बैंकले छिटैनै नेपाल राष्ट्र बैंकले तोकेका १६ वटा ग्रामीण स्थानिय निकायहरुमा शाखा विस्तार गर्न लागेको कुरा अवगत गराए ।
प्रतिक्रिया