काठमाडौं । नेपाल बैंकले एक अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता साधारण सेयर जारी भएको छ । माघ २३ गते बसेको बैंक संचालक समितिको बैठकले थप सार्वजनिक निश्कासन (एफपिओ) जारी गर्ने प्रस्ताव गरेको हो ।
एफपिओ निश्कासनबारे संचालक समितिको प्रस्तावलाई बैंकको साधारणसभाले पारित गरी नियामक निकायले स्विकृती दिएमा मात्र कार्यान्वयमा आउनेछ ।
राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब पूँजी पुर्याईसकेपनि बैंकले पुँजी बढाउनका लागि एफपिओ जारी गर्ने योजना ल्याएको हो । बैंकले एफपिओको १०० रुपैयाँ चुक्ता पुँजीमा र थप प्रिमियम रकम भने रिजर्भमा जानेछ ।
एफपिओको प्रिमियम मूल्य भने निर्धारण भएको छैन ।
बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्ममा एक अर्ब ६३ करोड ८४ लाख खुद नाफा कमाएको छ ।
प्रतिक्रिया