वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

किन गुपचुप गर्यो राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा ?

अर्थटुडे
२०७४ माघ २९, सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गुपचुप रुपमा गरेको छ । विगतका बर्षमा मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दा केन्द्रिय बैंकले सञ्चारकर्मीहरुलाई बोलाएर पत्रकार सम्मेलन गरेर नै मोद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्ने प्रचलन थियो । तर यसपाली भने केन्द्रिय बैंकले गुपचुप रुपमा नै मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गरेको छ ।

केन्द्रिय बैंकले आइतबार मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गरेर सोमबार एक्कासी आफ्नो वेभसाइड मार्फत जानकारी दिएको छ । यसरी केन्द्रिय बैंकले परम्परालाई एक्कासी किन तोड्यो ?  त्यो गम्भीर विषय भएको छ ।

मौद्रिक नीतिमा बैंकर्सहरुले चाहेअनुसारको फेर बदल गरिएको र त्यसको जवाफ सञ्चारकर्मीहरुलाई दिनुपर्ने भएकोले सञ्चारकर्मीहरुको प्रश्नको सामना गर्न गभर्नर डा.चिरन्जीवी नेपालले नचाहेका कारण सञ्चारकर्मीहरुलाई जानकारी नदिइएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

त्यसैगरी केन्द्रिय बैंकसँग भुकम्प गएपछि कार्यक्रम गर्ने हल नभएका कारण होटलमा गर्नुपर्ने र होटलमा कार्यक्रम गर्दा खर्च धेरै भएको बैंकका कर्मचारीहरुको गुनासो आएका कारण पनि पत्रकारहरुलाई जानकारी नदिएको तर्क राष्ट्र बैंकका गभर्नर निकट कर्मचारीहरुले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ