वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिभिल बैंकले दिन्छ बचत खातामा नै १० प्रतिशत व्याज

अर्थटुडे
२०७४ फाल्गुन ९, बुधबार

काठमाडौं । सिभिल बैंकले विहिबारदेखि नै लागु हुने गरी “सगरमाथा बचत खाता” योजना सञ्चालनमा ल्याएको छ । यस बचत खातामा बैंकले १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्नेछ । यस बचत खातामा न्यूनतम मौज्दात एक हजार रुपैयाँ हुनुपर्ने समेत बैंकले जनाएको छ ।

यो योजनामा ग्राहकहरुले निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एसएमएस बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छूटका साथै पाँच लाखसम्मको दूर्घटना मृत्यु र अपाङ्ताको निःशुल्क बीमा व्यवस्था गरेको छ ।

विद्यमान अवस्थामा सर्वोच्च ब्याज दरका साथै अन्य बैंकिङ सेवामा निःशुल्क र बिशेष छूट सहितको यस बचत खाताबाट ग्राहकहरु लाभान्वित हुने बैैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले जानकारी दिए ।
बैंकले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा र योजनाहरु प्रदान गर्दै जाने समेत बताएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ