नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको पुँजी वृद्धि गरेसँगै नेपालको बैंकिङ व्यवसाय बलियो हुन्छ भन्ने विश्लेषण गरिएको थियो । तर, एकपछि अर्को समस्या दोहोरिनुको कारण के हो ?
दुई बर्षको अवधिमा बैंकहरुको आकार ठूलो भएको छ । बाणिज्य बैंकहरुको चुक्ता पुँजी दुई अर्वबाट आठ अर्ब पुगेको छ । प्रायःजसो बैंकहरुले आठ अर्ब रुपैयाँ पुँजी पुर्याएका छन् भने केही पु¥याउने क्रममा छन् । पुँजीको आधारमा बाणिज्य बैंकहरु सक्षम भएका छन् । हामीले बैंकहरुको पुँजी विस्तारसँगै नेपालको समग्र आर्थिक क्षेत्रको विकास पनि सँगसँगै हुन्छ भन्ने सोचेको थियौं तर त्यसो भएन । बैंकहरुको पुँजीमा ह्वात्तै बृद्धि भयो, तर देशको आर्थिक विकास हुन सकेन । पछिल्लो समयमा कर्जा अनुसार निक्षेपमा वृद्धि भएन । रेमिट्यान्सको वृद्धिदर घट्नु, सरकारको पुँजीगत खर्च गर्ने प्रक्रियामा परिवर्तन नहुनु, सरकारले रकम ढुकुटीमा लगेर राख्नुलगायतका कारणले निक्षेप बढ्न सकेन । विभिन्न क्षेत्रबाट आउने राजस्वहरु सरकारले राख्ने तर त्यसलाई बैकिङ च्यानलमा ल्याएर बैकिङ क्षेत्रमा देखिएको समस्याको समाधानका लागि उपभोग नगर्ने प्रवृत्ति रहेको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासको एक महिना सकिन लाग्दा पनि सरकारको पुँजीगत खर्च भएको छैन । अहिलेको अवस्थामा झन् अन्यौलता छ । सात प्रदेशमा सरकार बन्ने प्रक्रियामा रहेको छ भने केन्द्र सरकार पनि गठन भइरहेको छ । सरकार गठन भएपश्चात उनीहरुले काम सुरु गर्ने हो । अब सरकारको पुँजीगत खर्च एक मात्र बाणिज्य बैंकहरुको निक्षेपको स्रोत हो तर त्यो स्रोत पनि सहज रुपमा परिचालन नहुदा बाणिज्य बैंकहरुमा तरलताको अभाव गम्भीर रुपमा खड्की रहेको छ । यो धेरै महिनासम्म नरहला करिव दुईतीन महिनामा बजारमा तरलताको अभावको समस्या हटेर जाला । त्यतिन्जेलसम्म बाणिज्य बैंकहरुलाई कठिन अवस्था छ । बैंकहरुको आकार बढेको छ । लगानीकर्ताहरुलाई लाभांस दिनुपर्ने बाध्यता बैंकहरुमा रहेको छ । बजार विस्तारको लागि बैंकहरुलाई ठूलो दवाव छ ।
बैंकहरुको संख्यालाई कम गरेर सक्षम बनाउने भन्ने उदेश्यका साथ नेपाल राष्ट बैंकले पुँजीबृद्धिको योजना अघि सारेपनि संख्या कम भएन । हकप्रद सेयर जारी गरेर बाणिज्य बैंकहरुले पुँजी बृद्धि गरेको हुदा लगानीकर्ताहरुलाई लाभांस दिनुपर्ने बाध्यताले बैंकहरुले आक्रामक रुपमा लगानी गर्नुपर्ने पनि बाध्यता रहेको छ । पुँजी वृद्धि भएपनि बाणिज्य बैंकहरुले आफ्नो व्यवसाय विस्तार गर्नुपर्ने अवस्थामा झन् तरलताको समस्या भोग्नुपर्दा बैंकहरुलाई कठिन भएको अवस्था छ ।
विगतलाई हेर्ने हो भने तरलता अभाव केही समयको लागि मात्र हुन्थ्यो, तर अहिले यस्तो समस्या लम्बिन गयो यसको मुख्य कारण पुँजीगत खर्च नभएर मात्र हो त ?
अहिले तरलता अभाव लम्बिनुमा दुई कारण हुन सक्छ । एउटा पुँजीगत खर्च नभएको अवस्था र अर्को रेमिट्यान्सको घट्दो वृद्धिद्धर । पहिले प्रत्येक बर्ष २० देखि २५ प्रतिशतको हाराहारीमा रेमिट्यान्सको वृद्धि हुन्थ्यो, तर अहिले त्यस्तो वृद्धिदर ५ प्रतिशतको हाराहारीमा आएर बसेको छ । पछिल्लो दुई तीन वर्षमा जुन प्रकारले बैंकहरुले आफ्नो नेटवर्क विस्तार गर्यो त्यही अनुरुप कर्जाको माग बढ्यो । त्यस्तै नेपाल राष्ट बैंकले दिएको निर्देशन अनुसार प्राथमिकता क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यता बैंकहरुलाई परेको छ । त्यसका कारण पनि बैंकहरु आफै बजार खोज्दै गइरहेका छन् र कर्जा विस्तार तिव्र रुपमा भयो । सोही कारण तरलताको अभाव बैंकहरुले झेलिरहेका हुन् । पहिले छोटो समयसम्म मात्र तरलता अभाव हुन्थ्यो पछि ठिक हुन्थ्यो । तर पछिल्लो दुई बर्षमा भने तरलता अभाव अलिक लामो समयसम्म भएको देखिन्छ । गत बर्षपनि करिब नौ महिना तरलता अभाव भएको थियो । पछिल्लो तीन महिना भने सहज भएको थियो । चालु अािर्थक बर्षको सुरुवातमा नै तरलताको अभाव बैंकहरुले झेलिरहेका छन् । अहिलेको अवस्थामा बैंकहरुले कुनैपनि कर्जा प्रबाह गर्न सकेका छैनन् । कर्जाको माग बढेको बढ्यै छ तर कर्जा प्रबाहका लागि रकम छैन । बैंकहरुले प्रतिबद्धता गरिसकेका ठूला ठूला आयोजनाहरुमा पनि बैंकले रकम दिन सकेको अवस्था छैन ।
बैंकहरुमा तरलताको अभाव हुनुमा बैंकहरुको आफ्नै दोष हो भनेर नेपाल राष्ट्र बैंकले भनिरहेको छ नि ?
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सरकारले लक्षित गरेको आर्थिक वृद्धिदरलाई सघाउ पु¥याउने गरी निश्चित प्रतिशतको कर्जा विस्तार गर्ने भनेर लक्ष्य राखेको हुन्छ । सोही अनुरुप बैंकहरुले कर्जा विस्तार गरेका हुन् । हामीले कर्जा दिदै जाने निक्षेप पनि आउदै जान्छ भन्ने हेरियो । तर कर्जा मात्र विस्तार हुदै गयो निक्षेप कम हुदै गएको हो । यस्तो अवस्था सिर्जना पनि क्रमशः हुदै गएको हो । केही बैंकहरु आक्रामक भएका पक्कै हुन् तर एउटा बैंकलाई लिएर सबै बैंकलाई एउटै डालोमा राख्न मिल्दैन । निक्षेपको स्रोत जुन किसीमले परिचालन हुनुपर्ने थियो त्यो भएन । कर्जा विस्तार भने राम्रै भएको हो । अझै पनि बैंकहरुले कर्जा विस्तार गर्नका लागि करिव दुई प्रतिशतको हाराहारीमा रकम राखैकै छन् । हाइड्रोलगायतका क्षेत्रमा भने कर्जा दिनका लागि पनि बैंकहरुले दुई प्रतिशत राखेका छन् ।
बैंकहरुको व्याज ह्वात्तै बढेको छ, यसको कारण के हो ?
बैंकहरुमा तरलताको अभाव भएपछि एक बैंकले अर्को बैंकबाट रकम तान्ने हुदा व्याजदर ह्वात्तै बढेर गएको हो । बाहिरी क्षेत्रबाट निक्षेप आएन भने बैंकविच नै रकम तानातान हुन थाल्यो र व्याजदर वृद्धि भयो । व्याज बढ्ने वित्तिकै कर्जा लिने व्यक्तिलाई समस्या हुन्छ । जलविद्युत क्षेत्रमा लगानी भनेको यस्तो हो जुन तोकिएको व्याजभन्दा बढी तिर्दा त्यो आयोजना नै बन्न सक्ने अवस्था हुदैन । किनकी उसले १२ देखि १३ बर्षभित्रमा सबै बैंकको कर्जा तिरिसक्नुपर्छ र ३० बर्षसम्म आफूले नाफा कमाएर सरकारलाई बुझाउनुपर्ने हुन्छ । यसरी व्याज बढ्दै गएमा हाइड्रोपावरले २० बर्षमा पनि कर्जा चुक्ता गर्न सक्तैन । उसको प्रतिफल निश्चित हुन्छ । त्यस्ता आयोजनालाई हेरेर हामीले ११ प्रतिशत भन्दा माथि नजाने गरी सहमति गरेका हौ । तर, त्यो सहमति टिक्छ जस्तो लागेको छैन ।
बैंकहरुले मुद्धतिमा १४ प्रतिशतसम्म र बचतमा १० प्रतिशत भन्दा माथि व्याज दिन थालिसके । ऋणीको व्याज त अझै बढ्ने भयो नि ?
बचतमा ११ भन्दा बढी व्याज दिइएको छैन । बचतमा मुद्धतिमा भन्दा एक प्रतिशत कम दिदा पनि केही फरक पर्दैन । किनकी बचत लामो समयसम्म हुन्छ । मुद्धतिमा तोकिएको समयसम्म सोही व्याज दिनपर्ने हुन्छ तर बचतमा भने तरलताको समस्या कम हुने वित्तिकै बैंकहरुले व्याज घटाउन सक्छन् । कतिपय बैंकहरुले ११ प्रतिशत भन्दा माथि पनि बचतमा व्याज दिइरहेका छन् त्यो भनेको सिसिडी रेसियो मेन्टेन गर्नका लागि मात्र हो कर्जा प्रवाहका लागि हैन ।
व्याजदर स्थिर राख्नका लागि बैंकर्सहरुले के प्रयासहरु गरिरहेका छन् ?
व्याजदर स्थिर राख्नका लागि हामीले नेपाल राष्ट बैंक र अर्थमन्त्रालयसँग पनि सरकारको ढुकुटीमा रहेको रकम बैंकहरुलाई राख्न दिनका लागि आग्रह गरिरहेका छौ । नेपाल राष्ट्र बैंकले चाहदा चाहदै पनि नियम कानुका कारण कार्यान्वयन हुन सकेको अवस्था छैन । हामीले राष्ट्र बैंकलाई मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत गत बर्ष गरेको जस्तै पाँच प्रतिशत रकम सिसिडिमा गणना नगरिने खालको निर्देशनहरु जारी गर्नका लागि आग्रह गरेका थियौ । त्यो हुन सकेन । राष्ट्र बैंकले बैंकहरुको समस्यालाई ध्यानमा राखी केही रिलिफ प्याकेज ल्याउनेछ भन्ने आशा गरेका छौ । मौद्रिक नीतिको समिक्षा मार्फत राष्ट्र बैंकले दैनिक गणना हुने प्रावधानलाई हटाएर मासिक रुपमा गणना गर्न सकिने गरी नीति अगाडी सार्यो तर, त्यसको निर्देशन आउन बाँकी नै छ । त्यसले केही राहत दिएपनि सिसिडि रेसियो आखिर ८० मै रह्यो नी । हामीले गरेको मागले भने व्याजदर स्थिर र दिगो हुनका लागि मद्धत पुग्ने छ ।
चुनावमा खर्च भएको रकम बैकिङ च्यानमा आउछ भनेर जसरी सोचिएको थियो त्यसरी आएन भनिन्छ नी ?
चुनावमा खर्च भएको रकम विस्तारै बैंकिङ च्यानलमा आउन थालेको छ । चुनाव सकिएको एक\दुई महिनामा नै आउछ भन्ने सोचिएको थियो त्यो भने भएन । सरकारले ४३ अर्वको हाराहारीमा ठेकेदारहरुलाई रकम दिन बाकी रहेको छ । त्यो ४३ अर्व ठेकेदारले बैंकबाट कर्जा लिएका छन् । त्यो रकम सरकारले भुक्तानी दिएमा पनि बैंकहरुलाई सहज हुन्छ ।
बैंकहरुको चुक्तापुँजी १६ अर्ब बनाउने तयारी भइरहेको छ । त्यो सम्भव छ ?
अहिले आठ अर्ब रुपैयाँ पुँजी पु¥याउदा त बैंकहरुको यस्तो समस्या भइरहेको छ । आठ अर्ब पुँजी हुदा त्यसको प्रतिफल दिनका लागि बैंकहरुले यत्ति धेरै आक्रामक रुपमा बजार विस्तार गरिरहेका छन् जसको परिणाम स्वरुप तरलता अभाव भइरहेको छ । यदी पुँजी १६ अर्ब पु¥याउने हो भने झन् ठूलो समस्या आउछ ।
राष्ट्र बैंकले प्रत्येक गाउपालिकामा शाखा पुर्याउन निर्देशन दिएको छ । सबै गाउँपालिकामा बैंकिङ सेवा पु¥याउन सकिन्छ ?
बैंकहरुले ३४१ गाउपालिकामा शाखा खोल्ने भनेर प्रतिबद्धता जनाइसकेका छन् । ८० वटा स्थानमा खुलीसकेका छन् २६१ खुल्ने क्रममा छन् । ११४ गाउँपालिका यत्ति दुर्गम छन् जहाँ बाटो, विजुली, इन्टरनेट नै उपलव्ध छ न घर नै पाइन्छ । बैंक राख्नका लागि उपयुक्त घर सुरक्षा आदि नै उपलव्ध छैनन् । अहिले पनि गाउँपालिकामा खुलेका शाखाहरु काठको घरमा नै पनि खुलेका छन् । जहाँ सुरक्षाको अवस्था अत्यधिक कमजोर छ । विस्तारै विकसित हुदै जाला । तर, ७ बर्षसम्म बैंकहरुले ती शाखाबाट नाफा कमाउन सक्ने अवस्था छैन ।
लक्ष्मी बैंकको अवस्था कस्तो छ ?
बैंकको अवस्था ठिक छ । तरलताको अभाव हुदा पनि सिसिडि रेसियो हामीले मेन्टेन गरिरहेका छौ । व्याजदरमा बैंकर्स संघको सहमति भन्दा माथि जानुपरेको छैन । यसपालिको नाफा ठिक नै रहन्छ । अपेक्षित लाभांस दिने नै सोचमा छौ । हाम्रो पोर्टफोलिया पनि राम्रो छ । गत सालको तुलनामा कम ग्रोथ भएपनि विस्तारै अगाडी बढ्दैछौं । राष्ट बैंकको निर्देशन अनुसार १०\१२ ठाउँमा शाखाहरु खोल्नुपर्नेमा अहिलेसम्म पाँचवटा शाखा खोलीसकेका छौ ।
चुक्तापुँजीसँगै विजनेज बढाउने दवाव त होला नि ?
हामीले पुँजी बढाउदा नै सञ्चालक र लगानीकर्तालाई राम्रोसँग लाभांस लिनका लागि लामो समय कुर्नुपर्छ भनेका छौं । तत्काल प्रतिफल पाउने आशा लगानीकर्ताहरुले गर्नुभएको छैन । पुँजी बृद्धिसँगै कर्जा विस्तारको दवाव भयो, तर कर्जा विस्तार गर्ने भन्दैमा राम्रा योजनाहरु आउनुपर्छ । पुँजी बढाएपछि शाखा विस्तार गरिरहेका छौ । विस्तारित शाखाबाट कर्जाको माग आइरहेका छन् तर स्रोतको अभाव हुदा समस्या भइरहेको छ । विस्तारै ग्रो भइरहेको छ तर ह्वात्तै हुन सकेको छेन । हामी अर्गानिकल्ली ग्रो गर्देछौ । मर्जर एक्वीजिसनलाई पनि खुल्ला नै राखेका छौ । हाम्रो उदेश्य टप ५ मा पुग्ने हो ।
लक्ष्मी बैंकले ओभरडाफ्ट र सर्टटम लोनमा बढी फोकस गरेको देखियो यस्ता कर्जाहरु मिसयुज हुने सम्भावना बढी हुन्छ नि ?
ओभरडाफ्ट लोन (ओडी) जुन प्रयोगका लागि लिन्छन् त्यो नभएर अन्यमा खर्च हुन सक्छ भन्ने हाम्रो सोच छ । त्यसैले हामीले त्यसमा कन्टोल गरेका नै छौ । नेपाल राष्ट बैंकले ओडीलाई १५ प्रतिशत भित्र राख्नका लागि निर्देशन दिएको छ १५ प्रतिशत भित्र राख्नका लागि पनि हामीलाई समस्या छैन । सर्टटर्म लोन भने टे«ड साइकल हेरेर दिने गरेका छौ । ऋणीको माग अनुसार ऋण दिने हो ।
प्रतिक्रिया