काठमाडौं । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लक्ष्मण रिसालले पदबाट राजीनामा दिएका छन् । उनले दुई बर्षको अवधि पनि नपुगी पदबाट राजीनामा दिएका हुन् । २०७३ जेठ ३ गते बैंकको सिइओ नियुक्त भएका रिसालले दुई वर्ष पुरा नहुँदै बैंक छाड्ने भएका हुन् ।
बैंकका तत्कालिन सिइओ शशिन जोशीले सिइओबाट राजीनामा दिउपछि उनले सो पद सम्हालेका हुन् । रिसालले बैंक छाड्नुको कारण भने सार्वजनिक भएको छैन । दशैको अबसरमा सो बैंकमा स्वीफ्ट काण्ड भएको थियो र करिब ८ करोडको हाराहारीमा बैंकबाट रकम ट्रान्सफर भएको थियो । सोही काण्डका कारण उनलाई सञ्चालक समितिले राजीनामा दिन बाध्य बनाएको हल्ला बजारमा चलेको छ ।
बैंकिङ क्षेत्रमा २८ वर्षको अनुभव भएका रिसालसँग बीमा क्षेत्रमा समेत काम गरेको अनुभव छ । रिसालले जिम्मेवारी सम्हालेपछि बैंक सेवा र कारोवार विस्तारमा एग्रेसिभ भएको थियो । रिसालले सन् १९९० मा तत्कालिन नेपाल ग्रिन्डलेज अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैंक बनेपछि उनी त्यहाँ सन् २००४ सम्म बसे ।
प्रतिक्रिया