वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चैतसम्ममा स्थानीय तहको मातहतमा सहकारी

अर्थटुडे
२०७४ चैत्र १, बिहीबार

काठमाडौं । सरकारले आगामी चैतभित्र स्थानीय तहभित्र कार्यक्षेत्र भएका सहकारीलाई हस्तान्तरण गरिसक्ने भएको छ । संविधानले सहकारीको दर्ता, अनुगमन र प्रवद्र्धनको अधिकार स्थानीय तहलाई दिएपछि एक स्थानीय तहभित्र कार्यक्षेत्र रहेका सहकारीहरुको अभिलेख सम्बन्धित स्थानीय तहलाई नै हस्तान्तरणको कामलाई तिव्रता दिइएको सहकारी विभागले जनाएको छ ।

“स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीलाई सहकारी सम्बन्धी ओरेन्टेसन र अभिलेख हस्तान्तरणको काम गरिरहेका छौं” विभागका रजिष्टार केशव रेग्मीले भने, “चैतभरीमा स्थानीय तह मातहतमा जाने सहकारीहरुको हस्तान्तरण गरिसक्छौं ।”

संविधान अनुसार एक स्थानीय तहभित्र कार्यक्षेत्र भएका सहकारी स्थानीय तह, एक भन्दा बढी स्थानीय तह कार्यक्षेत्र भएका सहकारी प्रदेश र एक प्रदेश भन्दा बढी कार्यक्षेत्र भएका सहकारीहरु संघ मातहत संचालनमा हुने व्यवस्था छ ।
विभागका अनुसार हाल देशभर ३४ हजार ५ सय सहकारी दर्ता भएका छन् । ती सहकारी संघसंस्थामध्ये डेढ सयको हाराहारीमा मात्र संघ मातहत रहनेछन् । त्यसबाहेक ५ हजार हाराहारीमा प्रदेश मातहतमा र बाँकी स्थानीय तह मातहतमा जाने अनुमान गरिएको छ ।

माघ दोस्रो सातादेखि हेटौडाबाट सहकारीको हस्तान्तरण सुरु गरिएकोमा हालसम्म एक दर्जन भन्दा बढी जिल्लामा कार्यक्रम भइ हस्तान्तरण सुरु भएको रजिष्टार रेग्मीले जानकारी दिए । स्थानीय तहमा सहकारीको दर्ता तथा अनुगमनको कामलाई प्रभावकारी बनाउनका लागि विभागले सहयोग समेत गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ