वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनसीसी बैंक घोटला प्रकरण अध्यक्ष धिताल सहित १३ जना पक्राउ

अर्थटुडे
२०७४ चैत्र २, शुक्रबार

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को दुई अर्ब रुपैयाँ घोटालामा तत्कालिन एपेक्स बैंकका अध्यक्ष विष्णुप्रसाद धिताल सहित १३ जना पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी)ले शुक्रबार बैंकको बोर्ड बैठक बसिरहेकै वेला नै एपेक्स बैंकका तत्कालिन अध्यक्ष धितालसहित अन्य १३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैंकका सहायक महाप्रबन्धक ऋषिराज भट्टसहित अन्य उच्च अधिकारीहरू समेत रहेको सिआइवीले जनाएको । चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्न बाँकी रहेको बैंकले यही विषयमा छलफल गर्न शुक्रवार सञ्चालक समितिको बैठक डाँकेको थियो ।

एनबी समूहका लगानीकर्ताले हकप्रद नसकार्ने बताएपछि समाधानको लागि बैंकका अध्यक्ष सहित छलफलका लागि बोर्डको बैठक बसेका थिए । त्यही क्रममा सञ्चालक समितिको बैठकमा सीआइबीले छापा मारेको थियो । नेपाल राष्ट्र बैंकले नै केही दिन अघि सीआईबीलाई कारवाहीको लागि पत्राचार गरेको थियो ।

सीआईबीका अनुसार तत्कालिन एपेक्स डेभलपमेन्ट बैकले अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेर १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ घोटाला भएको छ । करिब २६ जना नक्कली ऋणि तयार पारेर पुँजी अपचलन गरिएको थियो ।

खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्स डेभलपमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋण जारी गरेको थियो । धिताल अहिले एनसीसीमा पनि सदस्य छन् । दुई अर्ब ऋणमध्ये ४८ करोड रुपैयाँ भुक्तानी भइसकेको छ ।
यसअघि २८ बैशाखमा उच्च अदालत पाटनले एपेक्स डेभलपेमन्ट बैंकको हिसाब छुुट्टै राख्न एनसीसीलाई अन्तरिम आदेश जारी गरेको थियो । एपेक्स गाभ्न राष्ट्र बैंकले नै अनुमति दिएको थियो ।

तर, खराब अवस्थामा पुगेको बैंकलाई गाभ्न दिएकै कारण एनसीसीमा थप समस्या आएको बताइएको छ । एनसीसी बैंकमा यसअघि पनि एनबी समूह लगायतको कारण बैंक धरासायी भएको थियो । बैंकमा राष्ट्र बैंकले व्यवस्थापन नै पठाएर सुधार गरेको थियो ।
को को पक्राउ परे हेर्नुहोस्

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ