वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन तस्करमा संलग्न ३ जना चावेलबाट पक्राउ

अर्थटुडे
२०७४ चैत्र ६, मंगलवार

काठमाडौं । नेपाल प्रहरीले सुन तस्करीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीका क्रममा दुबई पुगेर फर्किएका कामदारलाई प्रयोग गरी सुन तस्करी गर्ने गरोहका ३ जना पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा स्याङ्जा २३ वर्षीय चरमबहादुर केसी, हुलु–९ का २५ वर्षीय नारायण कुँवर र नवलपरासीको सुनवलका ३० वर्षीय खुमप्रसाद न्यौपाने रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई महागरीय प्रहरी वृत्त, गौशालाको टोलीले ९ वटा सुनको चुरा सहित नियन्त्रणमा लिएको जनाएको छ । सुनको अहिलेको मूल्य २२ लाख रुपैयाँ छ ।

थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरुलाई राजश्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको छ । भुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर सुनका गहना तस्करी हुने गरेको सूचनाका आधारमा अप्रशेन चलाइएको थियो । सोही क्रममा उनीहरुलाई प्रहरीले चावेलबाट पक्राउ गरेको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ