वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकहरुले विना धितो पुँजीकोषको २५% बैदेशिक ऋण लिन पाउने

अर्थटुडे
२०७४ चैत्र २०, मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले विदेशी बैंक तथा वित्तिय संस्थाहरुबाट ऋण लिन सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले विदेशी विनिमय ऐन २०१९ को व्यवस्था अनुसार बाणिज्य बैंकले ऋण लिन सक्ने व्यवस्था गरेको हो । तर सो ऋण लिदा भने नेपाल राष्ट्र बैंकले तोकेको शर्तहरु पुरा गर्नुपर्ने छ ।

बाणिज्य बैंकहरुले विदेशी बैक तथा वित्तिय संस्थाहरुबाट लिएको ऋण घरजग्गामा लगानी गर्न पाइने छैन । सो ऋण भौतिक पुर्वाधार, पर्यटन, कृषि, जलविद्युत तथा लघुवित्त क्षेत्रमा कर्जा प्रबाह गर्ने वित्तिय साधानको प्रबन्धका लागि मात्र प्रयोग गर्न पाउने छ ।

त्यस्तै अन्य शर्तहरुमा कुनैपनि बैंकले विदेशी बैंकसँग ऋण लिन खोजेमा सो बैंकको आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशत रकमसम्म मात्र ऋण लिन पाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

ऋण लिदा नेपालका बैंकहरुले अन्तराष्ट्रिय रुपमा वित्तिय कारोबार गर्न कुनै बन्देज नलागाइएका वित्तिय संस्थाबाट मात्र ऋण लिन पाउने छन् भने राष्ट्र बैंकले तोकेको पुँजीकोष पुगेका बैंकहरुले मात्र सञ्चालक समितिबाट निर्णय भएपछि मात्र लिन पाउने छन् ।

त्यसैगरी नेपाल राष्ट्र बैंकले ऋण लिदा विना धितोमा ऋण लिन पर्ने छ, भने बैंकहरुले यस्तो ऋण एक बर्षदेखि पाँच बर्षसम्मका लागि लिन पाउनेछन् । यदी नविकरण गर्न परेमा उनीहरुले राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने छ ।

ऋणको ब्याजदर लगायत ऋणदाताले लगानउने अन्य सम्पूर्ण शुल्क गरी अधिकतम ( 6 month Libor +  3 %) भित्र हुनुपर्ने छ । उक्त ब्याजदर बाहेक कर्जा स्वीकृति गर्दा लिइने अन्य शुल्क कमिशन दिन नपाउने व्यवस्था गरिएको छ ।

विदेशबाट ल्याइएको ऋण अन्तर बैंक कारोबारमा प्रयोग गर्न पाइने छैन, साथै यस्तो ऋण लिदा पूर्व स्वीकृति, लेखाकंन तथा साँवा ब्याज भुक्तानी गरे पश्चात सोको जानकारी केन्द्रीय बैंकमा गराउनुपर्नेछ ।

बैंकहरुले ऋण ल्याउदासम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनको पालना गर्नुपर्ने शर्तहरु राष्ट्र बैंकले राखेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ