काठमाडौं । नेपाल र दक्षिण कोरिया दुई देशवीच आपसी सहकार्य गरी व्यापार व्यवसाय प्रबद्र्धनमा जोड दिइएको छ । नेपाल चेम्बर अफ कमर्सले दक्षिण एसियाका क्षेत्रीय निर्देशक पार्क हानसोको स्वागतमा राजधानीमा गरेको स्वागत कार्यक्रममा आपसी हितका लागि मिलेर अगाडि वढ्न दुई देशका अधिकारीहरु तयार भएका हुन् ।
कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले दुई देशवीचको आर्थिक विकासका लागि मिलेर काम गर्न आग्रह गरे । नेपाली समानहरु विदेशमा न्युन मात्रै निर्यात हुने तर आयात अत्याधिक हुँंदा व्यापार घाटा वढिरहेको चर्चा गर्दै उनले दुई देशवीच आपसी सहकार्य गरी अगाडि वढ्न आह्वान समेत गरे ।
अध्यक्ष श्रेष्ठले नेपाल चेम्वर अफ कमर्सले प्रत्येक वर्ष काठमाडौंमा गर्दै आएको एक्स्पोमा कोरियाले सहभागिता जनाएर सहयोग गर्दै आएको चर्चा गर्दै आगामी दिनमा पनि सहकार्य निरन्तर अझ मजबुत भएर अगाडि वढ्ने विश्वास व्यक्त गरे ।
उनले नेपालमा स्थायी सरकार बनेर लगानीयोग्य बातावरण बनेको भन्दै लगानीका लागि पनि कोरियाली पक्षसँंग आग्रह गरे।
उक्त कार्यक्रममा दक्षिण एसियाका क्षेत्रीय निर्देशक पार्क हानसोले दुवै देशको हितका लागि मिलेर जान र व्यापार लगानी प्रबद्धर्नका लागि नेपाललाई सहयोग गर्न पनि आफूहरु तयार रहेको बताए ।
नेपालका लागि कोरियाली राजदूत पार्क योंग सिकले नेपाल र कोरियावीचको निरन्तर सहकार्य हुँंदै आएकोमा खुशी व्यक्त गरे ।
प्रतिक्रिया