वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेगामा पहिलो महिला सिइओ, माछापुच्छ्रेमा शर्मा नियुक्त

अर्थटुडे
२०७४ चैत्र ३०, शुक्रबार

काठमाडौंँ । दुई वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) परिवर्तन भएका छन् । मेगा बैंकमा प्रमूख कार्यकारी अधिकृत (सिइओ)को जिम्वेवारी अनुपमा खुन्जेलीले पाएकी छिन् भने माछापुच्छ्रे बैंकमा सीईओको जिम्मेवारी सुमन शर्माले पाएका छन् ।

खुँजेली मेगाको मात्र नभएर नेपालका बाणिज्य बैंकहरुमा पहिलो महिला सिइओ समेत भएकी छिन् । मेगा बैंक सञ्चालक समितिले खुँजेलीलाई सीईओ नियुक्त गरेको जनाएको छ । बैंकका अनुसार, खुँजेलीको कार्यकाल २ वैशाखदेखि शुरु हुनेछ ।
यसअघि अनिल केशरी शाहले सीईओको जिम्मेवारीबाट राजीनामा दिएपछि मेगाले २३ मंसिरदेखि लागू हुनेगरी खुँजेलीलाई कामु सीईओको जिम्मेवारी दिएको थियो । कामु सीईओको जिम्मेवारी सम्हालेको केही महिनापछि बैंक सञ्चालक समितिले उनलाई सीईओको जिम्मेवारी दिएको हो ।

त्यस्तै माछापुच्छ्रे बैंकमा पनि सुमन शर्मालाई सिइओको रुपमा नियुक्त गरेको छ । बैंकको चैत २८ मा बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई सीईओको रुपमा नियुक्त गरेको हो ।

एसबीआई बैंकबाट बैंकिङ करिअर शुरु गरेका शर्मासँग २१ वर्ष लामो बैंकिङ अनुभव छ । शर्माले नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा ग्लोबल आईएमई र माछापुच्छ्रे बैंकमा काम गरिसकेका छन् । नेदरल्यान्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर शर्मा भौतिकशास्त्र र अर्थशास्त्रमा पनि स्नातकोत्तर हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ