वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालीलाई दुखको खवर, ९ हजार नेपालीलाई देश निकाला गर्दै अमेरिका

अर्थटुडे
२०७५ बैशाख १२, बुधबार

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपालीहरुको लागि दुखद् खवर छ । अमेरिकी सरकारले ९ हजार नेपालीलाई देश निकाला गर्ने भएको छ । अमेरिकाले नेपाली नागरिकलाई दिदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस)खारेज गर्ने तयारी गरिररहेको छ । जसले गर्दा ९ हजार जति नेपालीले घर फर्कनुपर्ने बाध्यता छ ।

द वासिङट्न पोष्टको अनलाइन संस्करणका अनुसार अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टिपीएस खारेज गरी उनीहरुलाई घर फर्काउने तयारी गरीरहेको छ ।

नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पको कारण देखाउँदै तीन वर्षअघि अमेरिकी सरकारले ‘अनडकुमेन्टेड’ अवस्थामा बसोबास गरिरहेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो । तर विनासकारी भुकम्प गएको तीन बर्षपछि नै अमेरिकाले सो सुविधा खारेज गर्न लागेको हो । होम ल्याण्ड सेक्युरिटि विभागले तयार पारेको आन्तरिक योजनाको दस्तावेज वासिङट्न पोष्टले फेला पारेको छ । जसमा नेपालीहरुलाई दिँदै आएको टीपीएस सुविधा खारेज गरी स्वदेश फर्कनका लागि एक वर्षको समय दिने उल्लेख छ ।

अवैधानिकरुपमा अमेरिका बसोबास गरिरहेका विदेशीलाई स्वदेश फर्काउने ट्रम्प प्रशासनको अभियानको पछिल्लो मारमा नेपालीहरु परेका छन् । महाभूकम्पमा ज्यान गुमाएका आफन्त भेट्न नेपाल आवतजावत गर्न सहज होस् भन्ने प्रयोजनका लागि अमेरिकाले नेपाली नागरिकलाई टीपीएस सुविधा दिएको थियो ।

सो स्किमअन्तर्गत झण्डै १५ हजार नेपालीले टीपीएस सुविधा लिएको भए पनि अहिले झण्डै ९ हजार मात्रै अमेरिकामा रहेको विभागको तथ्यांक छ । टीपीएस सुविधा लामो समयका लागि दिन नसकिने र यसको प्रयोजन त्यस्तो नभएको ट्रम्प प्रशासनको भनाइ छ ।

ट्रम्प प्रशासनले हालै साल्भाडोरका दुई लाख, हैटीका ५० हजार नागरिकको रेसिडेन्सी परमिट खारेज गरेको थियो । यस्तै सानो संख्यामा निकारागुवा र सुडानका नागरिकको बसोबास सुविधा पनि खारेज गरिएको थियो ।

नेपालीलाई दिइएको टीपीएसको समय जुन महिनामा सकिँदैछ । समय समाप्त हुनुभन्दा ६० दिन पहिले निर्णय गरिसक्नुपर्ने प्रावधान रहेको हुँदा केही दिनमै विभागले नेपालीको टीपीएस खारेज निर्णय सार्वजनिक गर्न सक्ने छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ