वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन तस्करीको आरोपमा चिनियाँ नागरिक पक्राउ

अर्थटुडे
२०७५ बैशाख १२, बुधबार

काठमाडौं । चीनबाट तस्करीको मुख्य अभियुक्तमध्ये एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो सिआइवीले सुन नेपाल पठाउने मुख्य व्यक्ति मध्येकी एक चिनियाँ महिला चेछोङलाई मंगलबार पक्राउ गरेको हो ।

ति चिनियाँ नागरिकलाई चीनबाट नेपाल आउने क्रममा प्रहरीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । काठमाडौंको सामाखुशीबाट बरामद गरिएको १४ किलो सुन तस्करीमा उनको संलग्नता देखिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जानकारी दिएको छ । १४ किलो सुन ०७४ भदौ १४ गते प्रहरीले बरामद गरेको थियो ।

उनी धेरै पटक नेपाल आउने जाने गरिरहने र चीनबाट राजकुमार पौडेलको सम्पर्कमा रहेर नेपालमा सुन पठाउने गरेको सीआईबीले जानकारी दिएको छ ।  उक्त मुद्दामा प्रहरीले ७ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

हाल सो मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको छ । चिनियाँ नागरिक जेझोङ मुद्दाका मुख्य फरार प्रतिवादी हुन् । प्रहरीले उनीविरुद्ध संगठित अपराध (अवैध सुन ओसार पसार) मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद लिई अनुसन्धान सुरु गरेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ