वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हंगेरी चेम्बर कमर्शको स्थापना

अर्थटुडे
२०७५ बैशाख १५, शनिबार

काठमाडौं । नेपाल र हंगेरी वीच व्यापार विस्तार गर्ने उदेश्यले नेपाल हंगेरी चेम्वर अफ कमर्शको स्थापना भएको छ । उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले नेपाल हंगेरी चेम्वर अफ कमर्शको शुभारम्भ गरे ।

नेपाल र हंगेरीबिचको व्यापार नेपाली चलचित्र उद्योगको प्रवद्र्धन र नेपालको मौलीक उत्पादनलाई हंगेरीसम्म पुराउनका लागी चेम्वर अफ कमर्शको भूमिका महत्वपूर्ण रहने बताइएको छ ।

नेपाल र हंगेरिबिचको दौत्य सम्बन्ध सन १९६१ देखि भएपनि दुई मुलुकबिचको व्यापारिक कारोवार भने न्युन छ । सन २०१७ मा नेपालबाट ३ करोड रुपैया वरावरको सामान हंगेरी निर्यात भएको थियो भने साढे सात करोड रुपैयाको सामान आयात भएको थियो । नेपालबाट हंगेरीमा सबैभन्दा बढि हस्तकलाका सामान निर्यात हुदै आएको छ ।

उद्घाटन कार्यक्रममा नेपालका लागी हंगेरीका र चलचित्रकर्मी नेपालका लागी हंगेरीका अबैतनिक महाबाणिज्य दूत अरुण चौधरी नेपाल हंगेरी चेम्बर अफ कमर्शका अध्यक्ष राम कुमार थापा महासचिव शान्त कुमार श्रेष्ठ र चलचित्र कर्मी कृष्ण मल्लले नेपाली हस्तकलाजन्य सामाग्रीको बजार विस्तार नेपालमा पर्यटन प्रर्वद्धन र नेपाली चलचित्र उद्योगको अन्तराष्ट्रिय बजारीकरणका लागी हंगेरीबाट फाईदा लिन सकिने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ