वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नयाँ वसपार्कबाट यातायात व्यवसायी समितिका काउन्टर हटाउन निर्देशन

अर्थटुडे
२०७५ बैशाख २१, शुक्रबार

काठमाडौं । यातायात व्यवसायीहरुको सिन्डिकेटका विरुद्ध कडा रुपमा प्रस्तुत भएको सरकारले नयाँ बसपार्कमा रहेका समितिका सम्पूर्ण काउन्टर खाली हटाउन निर्देशन दिएको छ । बसपार्क व्यवस्थापनको काम गर्दै आएको लोत्से बहुउद्देश्यीयलाई काउन्टरहरु खाली गराउन निर्देशन दिएको हो ।

यातायात व्यवस्था विभागले समितिको काउन्टरहरु हटाइ यातायात कम्पनीहरुलाई काउन्टर संचालन गर्न दिन लागेको हो । समितिमा आबद्ध व्यवसायीले काउन्टर बन्द गरेर आन्दोलनमा उत्रिएपछि सरकार अझ कडा रुपमा प्रस्तुत भएको हो ।

काउन्टर हटाउनका लागि लोत्सेले सुरक्षाको माग गरेपछि सरकारले प्रहरी परिचालन गरिसकेको छ ।

अब नयाँ बसपार्कमा कम्पनीका काउन्टरहरु मात्रै संचालन हुनेछन् ।

सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरु शुक्रबार हड्तालमा उत्रिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ