काठमाडौं । नेपाल राष्ट्र बैंकले यातायात व्यवसायीको बैंक खाता रोक्का गरेको छ । यातायात व्यवस्था विभागले गत शुक्रबार यातायात नचलाउने समितिहरुको बैंक खाता रोक्नका लागि सिफारिस गरेको थियो । यातायात व्यवस्था विभागले गृहमन्त्रालयको निर्णय अनुसार राष्ट्र बैंकलाई पत्र पठाएको हो ।
राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलका अनुसार आइतबार विभिन्न समितिको बैंक खाता रोक्का गरिएको हो ।
उनले जतिवटा समितिको खाता रोक्का गर्नका लागि निवेदन आएको हो उनीहरुको खाता रोक्का गरिएको जानकारी दिए । खाता रोक्का गर्न विवरण पठाउने क्रम जारी नै रहेको छ ।
सरकारले अनुमति दिएको खण्डमा मात्रै रोक्का गरिएको बैंक खाता फुकुवा गर्न सकिने छ ।
प्रतिक्रिया