वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

होटल व्यवस्थापनका अध्यापकहरुलाई पुनर्ताजगी तालिम

अर्थटुडे
२०७५ बैशाख २९, शनिबार

काठमाडौं । नेदरल्यान्डस्को विकास मामिलासम्बन्धी थिंकट्यांक पमले नेपालका होटल व्यवस्थापन तथा आतिथ्य सत्कार व्यवस्थापनका शिक्षकहरूलाई पुनर्ताजगी तालिम प्रदान गरेको छ ।

राजधानीको  ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)मा आयोजित सो पुनर्ताजगी तालिममा पमका विज्ञ मार्टिन हुजिन्गाले आतिथ्य सत्कार शिक्षणका बहुआयामिक विधिबारे तालिम प्रदान गरेका हुन् । पाँच दिनसम्म सञ्चालित सो तालिममा होटल व्यवस्थापन र आतिथ्य सत्कार शिक्षाका १५ जना अध्यापकहरुको सहभागिता थियो ।

नेदरल्यान्ड्सको संस्था पमले विकासशील मुलुकहरु र उदाउँदा बजारका साना तथा मझौला उद्यमहरुलाई दिगो विकास मामिलामा विभिन्न किसिमका परामर्श र प्रशिक्षण उपलब्ध गराउँदै आएको पमका आतिथ्य सत्कार विज्ञ मार्टिन हुजिन्गाले जानकारी दिए ।

‘नेपालमा आतिथ्य सत्कारको अथाह सम्भावना छ, जुन विश्वकै प्रमुख पर्यटकीय गन्तव्यहरूमध्येको एक हो । त्यसैले यहाँको होटल व्यवस्थापन र आतिथ्य सत्कार शिक्षालाई पनि स्तरोन्नति गर्दै लैजानु पर्छ,’ उनले भने ।
सो अवसरमा आएका होटल म्यानेजमेन्टसम्बन्धी शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय संगठन इन्टरनेशनल एशोसियसन अफ होटल म्यानेजमेन्ट स्कुल्स् ।  इयूहोफा इन्टरनेसनलका बोर्ड सदस्य एवं गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले सन् २०१९ मा इयूहोफाको सम्मेलन नेपालमा गर्न लागिएको सन्दर्भमा यहाँका होटल व्यवस्थापन शिक्षामा संलग्न जनशक्तिको दक्षता सोहीअनुसार विकास गर्नुपर्ने भएकाले पुनर्ताजगी तालिमको आयोजना गरिएको बताए ।

सन् २०२५ सम्म २५ लाख पर्यटक संख्या पु¥याउने नेपालको लक्ष्य रहेको सन्दर्भमा यहाँको होटल व्यवस्थापन र आतिथ्य सत्कार शिक्षालाई पनि अन्तर्राष्ट्रिय स्तरको बनाउनै पर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ