वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युकेएड सक्षमद्धारा ५८ स्थानीय तहमा शाखा स्थापना गर्न १४ बैंकलाई सहयोग

अर्थटुडे
२०७५ जेष्ठ ३, बिहीबार

काठमाडौं । यूकेएड सक्षमले ५७ वटा शाखा स्थापनाको लागि १४ वटा बाणिज्य बैंकहरुलाई सहयोग गरेको छ । सक्षमले कर्णाली प्रदेश तथा प्रदेश ५ र ७ का गाउँपालिकाहरूमा ५७ वटा नयाँ बैक शाखाहरू स्थापना गर्नका लागि ति वाणिज्य बैकहरूसँग साझेदारी गरेको हो ।

सरकारले ७५३ स्थानीय तहमा नै वाणिज्य बैकको पहुँच पु¥याउने लक्ष्य राखेको थियो । सोही लक्ष्यलाई समर्थन गर्दै यूकेएड तथा सक्षमको उद्देश्यअनुरूप यी साझेदारीहरू भएका हुन् । यी ५७ शाखाहरूमार्फत सक्षमको सहयोगले देशका सबैभन्दा दुर्गम स्थानीय तहमा पनि बैकको उपस्थितिको शुरुवात हुने युकेएड सक्षमले जनाएको छ ।

अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल बैकर्स संघबीच आगामी आर्थिक वर्षको प्रारम्भदेखि स्थानीय सरकारहरूलाई सहयोग गर्नका लागि बैकको स्थापनालाई शीघ्रता दिने सम्बन्धमा भएको परामर्शहरूको उपलब्धिको रूपमा सक्षमको यो सहयोग आएको हो ।

सक्षमले सहायता प्रदान गरेका ५७ वटा शाखाहरू दुर्गम स्थानमा रहेका छन् । धेरै स्थानहरूमा सडकको पहुँच छैन र पुग्नलाई घण्टौंसम्म हिँड्नुपर्ने छ तर पनि सक्षमले बैंकर्सहरुसँग यसका लागि सहकार्य गर्ने छ । सेवा नपाएका ग्रामीण जनसंख्यासम्म बैकिङ सेवाको पहुँच पु¥याउने, आर्थिक विकासलाई ऊर्जा दिने र स्थानीय सरकारहरूलाई केन्द्रीय सरकारबाट रकम प्राप्त गर्न तथा स्थानीय वित्तीय व्यवस्थापनका अभिभाराहरू पूरा गर्न सक्षम बनाउने काम गरिरहेको सक्षमले दाबी गरेको छ ।

“ति शाखाहरूले ती सबै स्थानीय तहमा रहेका १० लाखभन्दा बढी व्यक्तिहरू तथा लघु, साना तथा मझौला उद्योगहरूलाई आफ्नै घरदैलोमा सम्पूर्ण बैकिङ सेवाहरू प्राप्त गर्न पनि सहयोग गर्नेछन् ।”,सक्षमका टोली प्रमुख बलजित बोहराले भने ।
सो कार्यक्रममा बोल्दै, नेपाल राष्ट्र बैकका गभर्नर डा.चिरञ्जीवी नेपालले केन्द्रीय बैकले गत वर्षको मौद्रिक नीतिमार्फत बैकहरुलाई आफ्ना शाखा विस्तार गर्न प्रेरित गरेको थियो र यस किसिमका पहलहरूले बैकहरूले बाचाहरू पुरा गरेको बताए ।

उनले देशभरीका स्थानीय तहहरूमा आफ्ना शाखाहरूको उपस्थिति जनाएर वर्तमान समयको आवश्यकतालाई सम्बोधन गर्न बैकिङ समुदायले पहल गरेको उनले बताए । सोही कार्यक्रममा दुर्गम स्थानहरूमा शाखा खोल्दा विभिन्न चुनौतीहरू सामना गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै, “नयाँ संघीय संरचनामा बैकिङः चुनौती र आगामी मार्ग” विषयक कार्यशाला गोष्ठी समेत गरिएको थियो ।

सिइओहरूले उठाएका विभिन्न चासोहरूलाई सम्बोधन गर्दै अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका सहसचिव उत्तर कुमार खत्रीले बैकहरूलाई स्थानीय तहमा जान मन्त्रालयले उचित सुरक्षा तथा पूर्वाधारहरूको प्रत्याभूति गर्न अर्थ मन्त्रालयले काम गरिरहेको बताए ।

सक्षम यूकेएडद्वारा वित्तपोषित वित्तीय पहुँचसम्बन्धी कार्यक्रम हो । यसलाई नेपालमा डिएफआइडी नेपालका लागि विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग साझेदारीमा लुईस बर्जरले कार्यान्वयन गरिरहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ