वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकारको नीति तथा कार्यक्रमः पाँच बर्षभित्र दोहोरो अंकको आर्थिक बृद्धि,प्रतिव्यक्ति आय दुई लाख !

अर्थटुडे
२०७५ जेष्ठ ७, सोमबार

काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष संबृद्धिको इतिहास रच्ने आधार बर्षको रुपमा हुने बताएको छ । सोमबार संघिय संसदमा राष्ट्रपति विद्याकदेवी भन्डारी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएकी हुन् । सरकारले आगामी पाँच बर्षमा दोहोरो अंकको आर्थिक बृद्धिदर हासिल गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । सरकारको तर्फबाट बनाइएको नीति तथा कार्यक्रममा आगामी एक बर्षभित्रमा देशको आर्थिक बृद्धिदर दोहोरो अंक नजिक पुर्याउने समेत दावी गरिएएको छ ।

त्यसैगरी नीति तथा कार्यक्रममा आगामी पाँच बर्षभित्रमा प्रतिव्यक्ति आय दुईलाख रुपैयाँ पुर्याउने समेत बताएको छ । हाल तथ्यांक विभागका अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय एक लाख रुपैयाँ रहेको छ ।

आगामी दश बर्षमा नेपाललाई मध्यमस्तरको आय भएको देश बनाउने, राष्ट्रिय आयको बाँडफाँडको असमानतालाई कम गर्दै लैजाने,कृषि उद्योग, पर्यटन लगायतको क्षेत्रलाई आर्थिक बृद्धिको संबाहक बनाउने लगायतका कार्यक्रमहरु सरकारको नीत तथा कार्यक्रममा रहेको छ ।

रेमिट्यान्स तथा आयातमा निर्भर अर्थतन्त्रलाई उत्पादन र निर्यातमा आधारित अर्थतन्त्रको रुपमा विकसित गर्दै लैजाने, विश्व अर्थतन्त्रसँगको आबद्धता बढाइने, वित्तिय क्षेत्रको प्रमूख हिस्सा पुर्वाधार निर्माण र उत्पादनमुलक क्षेत्रमा लगाउने सरकारी स्रोत दोहन गर्ने प्रबृत्तिको अन्त्य गर्ने , विभिन्न सरकारी कोषहरुमा थन्किएर बसेको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने लगायतका विषयहरु पनि सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ