काठमाडौं । संगठित रुपमा तस्करी गर्ने कामको पर्दाफास भएपछि गृहमन्त्री राम बहादुर थापा ‘बादल’ कडा रुपमा प्रस्तुत भएका छन् । तस्करी नियन्त्रणका लागि अब भरियालाई मात्र नभएर मालिकलाई नै कारवाही गर्ने उद्घोष गरेका छन् ।
संगठित तस्करीमा भरियाहरु पक्राउ पर्ने तर, मालिकहरु नभेटिने ‘हिजोको कथा’ मात्र भएको र अब त्यसो नहुने उनले दावी गरे । अब भरियाहरु मात्र पक्राउ पर्ने र तस्करीको वास्तविक मालिक उम्कने हिजको कथा हो, अब मालिकहरुलाई नै कानुनको कटघराउमा भ्याउछौं ।
आफु कसैको दवाव र प्रभावमा नपर्ने भन्दै गृहमन्त्री बादलले तस्करहरुलाई संरक्षण गर्न प्रहरीलाई पनि ‘अन द स्पट’ कारबाही गर्ने चेतावनी दिए ।
प्रतिक्रिया