वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इन्भेष्टमेण्ट बैंक र आइएफसीबीच कर्जा सम्झौता

अर्थटुडे
२०७५ जेष्ठ ९, बुधबार

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र ईन्टरनेशनल फाइन्यान्स कर्पोरेशन (आइएफसी) बीच कर्जा सम्झौता भएको छ । बुधबार भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र आइएफसीका आवासीय प्रतिनिधि एमरेहान रशिदले हस्ताक्षर गरे ।

सम्झौतासँगै विदेशबाट पैसा ल्याएर नेपालमा ऋण लगानी गर्ने प्रक्रिया सुरु भएको छ ।

आइएफसीबाट प्राप्त कर्जालाई राष्ट्र बैंकले तोकेअनुसारको क्षेत्रमा लगानी गर्ने प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए।

यसअघि इन्भेष्टमेण्ट बैंक र आइएफसीबिच व्यापार तथा वित्त क्षेत्रमा मिलेर काम गर्ने सम्झौता भइसकेको छ । व्यापार तथा वित्त क्षेत्रमा ५० लाख अमेरिकी डलरसम्मको लगानी गर्न दुबै पक्ष सहमत भएका थिए। प्राप्त रकम नेपाली साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न प्रयोग गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ