काठमाडौं । बाणिज्य बैंकहरुले विदेशबाट ऋण ल्याउने बाटो खुल्ला भएसँगै बैंकहरु विदेशी कम्पनीबाट ऋण ल्याउन पहल थालेका छन् । सानिमा बैंकले पनि विदेशबाट ऋण ल्याएर लगानीका लागि विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) सँग सम्झौता गरेको छ ।
विहिबार भएको यससम्बन्धी सम्झौतामा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले हस्ताक्षर गरे । सम्झौता अनुसार आइएफसीबाट ऋण लिएर राष्ट्र बैंकले तोकेअनुसारको क्षेत्रमा लगानी गर्नेछ ।
बैंकले हाल ५८ शखा, १ एक्सटेन्सन काउन्टर र ६७ एटिएमबाट सेवा दिइरहेको छ ।
प्रतिक्रिया