काठमाडौं । सरकारले १६ सहसचिवको सरुवा गरेको छ । आन्तरीक प्रतिस्पर्धाबाट बढुवा भएका सहसचिवहरुको पदस्थापन गर्दै सरकारले अरु १६ जनाको जिम्मेवारी हेरफेर गरेको हो ।
सरकारले आपुर्ती मन्त्रालयका गोपीकृष्ण खनाललाई वित्त आयोग, योजना आयोगका तुलसी प्रसाद गौतमलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, आपुर्ती मन्त्रालयका जानकी बल्लभ अधिकारीलाई लोक सेवा आयोग, अतिरिक्त समूहमा रहेका भूपाल बराललाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । पर्यटन मन्त्रालयका दिनेश भट्टराईलाई आपुर्ती मन्त्रालय, अतिरिक्त समूहका सनत केसीलाई पुर्न्निर्माण प्राधिकरण, अतिरिक्त समूहका आनन्द रेग्मीलाई संचार मन्त्रालय, अतिरिक्त समूहकै निता अर्याललाई पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ ।
यसैगरी सामान्यका शिवराज न्यौपानेलाई आपुर्ती मन्त्रालय, यातायात मन्त्रालयका रुपनारायण भट्टराईलाई श्रम मन्त्रालय, आपुर्तीका शंकर अर्याललाई आपुर्ती, प्रदेश नम्बर ६ को वन मन्त्रालयमा रहेका विद्यानन्द झालाई सोही प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ। झाको मन्त्रीका पिएसँग झगडा भएपछि उनको सरुवा गरिएको हो। सो मन्त्रालयमा धिरेन्द्र प्रधानलाई पठाइएको छ । श्रमकी आभा श्रेष्ठलाई अतिरिक्त समूह तथा प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयका बासुदेव शर्मालाई सोही प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा तथा सामान्य प्रशासन मन्त्रालयका रामकृष्ण सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।
त्यस्तै गत साता बढुवा भएका सहसचिवमध्ये शिवलाल तिवारीलाई प्रदेश प्रमुखको कार्यालय हेटौंडा, शेषनारायण पौडेललाई पोखरा महानगरपालिका, चक्रपाणि पाण्डेलाई घोराही उपमहानगरपालिका, सुमन घिमिरेलाई धरान उपमहानगरपालिका, तोयनारायण सुवेदीलाई नेपालगंज महानगरपालिकामा पदस्थापन भएको छ । शिवकुमार कार्कीलाई सिमरा, पुष्पराज शाहीलाई हेटौंडा, उमेश ढुंगानालाई जनकपुर, छविलाल रिजाललाई इटहरी उपमहानगरपालिका तथा भीष्म भुसाललाई वीरगंज महानगरपालिकामा पदस्थान गरिएको छ ।
प्रतिक्रिया