वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धरान नगरपालीकाका ५ वडामा सहूलियत व्याजमा कृषि कर्जा

अर्थटुडे
२०७५ जेष्ठ १०, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुदान सहितको सहूलियत कृषि कर्जा पाउने क्षेत्रमा धरान उपमहानगरपालिकाका ५ वटा वडा पनि समेटेको छ । बैंकले व्यवसायीक कृषि तथा व्याज पशुपन्छी कर्जामा प्रदान गरिने व्याज अनुदानसम्बन्धी कार्यविधि संसोधन गर्दै ४, ५, ६, १७ र २० नम्बर वडाका किसानले अनुदानमा कृषि कर्जा पाउने व्यवस्था गरेको हो ।

केन्द्रीय समन्वय समितिको जेठ ६ गते बसेको बैठकले धरान उपमहानगरपालिकाका ५ वटा वडालाई समेत ग्रामीण क्षेत्रमा वर्गीकरण गरेको हो ।

यो व्यवस्था अनुसार कृषकले ६ प्रतिशत व्याजदरमा कर्जा पाउछन् ।

व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जामा प्रदान गरिने ब्याज अनुदान सम्बन्धी कार्यविधि २०७३ ले अनुदानमा अधारित कृषि कर्जा ग्रामीण क्षेत्रमा मात्र प्रदान गर्ने व्यवस्था गरेको थियो । कार्यविधि अनुसार ग्रामीण क्षेत्र भन्नाले गाउँपालिका र नगरपालिकालाई बुझाउने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ