वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आर्थिक वर्ष २०७५/७६ को बजेट आज

अर्थटुडे
२०७५ जेष्ठ १५, मंगलवार

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५\०७६ का लागि वार्षिक बजेट तथा कार्यक्रम आज प्रस्तु गर्ने भएको छ । संघिय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पेश गर्नेछन् ।

बजेट पेश गर्नका लागि दुवै सदनको संयुक्त बैठक ४ बजे बोलाइएको छ ।

बैंठकमा अर्थमन्त्री खतिवडाले राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकमहरू प्रस्तुत गर्नेछन् ।

यसैगरी विनियोजन विद्येयक -२०७५, आर्थिक कार्यविधिसम्बन्धी विद्येयक– २०७५ र राष्ट्र ऋण उठाउने विद्येयक २०७५ पेश गर्नेछन् ।

दुवै कम्युनिष्ट पार्टीहरुले चुनावमा गरेको प्रतिपद्धता र सरकारले पेश गरेको नीति तथा कार्यक्रममा आधारित रहि बजेट आउनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ