काठमाडौं । अबदेखि चुरोटको भाउ बढ्ने भएको छ । सरकारले आजैदेखि लागु हुने गरी चुरोटमा प्रतिखिल्ली २५ पैसा अन्तशुल्क बढाएको छ । जसले गर्दा चुरोटको भाउ बड्ने निश्चित रहेको छ ।
त्यसैगरी सरकारले सवारी साधनमा लगाउँदै आएको अन्तःशुल्कमा पनि बृद्धि गर्ने बताएको छ । जसले नीजी सवारी साधनको मुल्य पनि बृद्धि हुने भएको छ । मंगलबार अर्थमन्त्रीले बजेट भाषण गर्दै निजी प्रयोजनका ठूला सीसीको सवारीमा सवारीको इन्जिन क्षमताअनुसार अन्तःशुल्क कर बढाएको छ । बजेटमार्फत १००० सीसी भन्दा ठूला सवारीमा कर बढाइएको छ । सरकारले १५० सीसीभन्दा बढीका मोटरसाइकलमा पनि अन्तःशूल्क बढाएको छ ।
सरकारले आयात नियन्त्रणको लागि विभिन्न नयाँ नीतिगत तथा करको संरचनागत परिवर्तन गर्ने संकेत यसअघि नै गरिसकेको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले पटक\पटक अनुत्पादक क्षेत्रमा हुने लगानीलाई निरुत्साहित गर्ने योजना सरकारले ल्याउने बताउँदै आएका थिए ।
उनले सिसी, सिलिण्डर, क्षमता, ध्वनी उत्सर्जन, प्रदुषणलाई आधार बनाएर सरकारले अर्थशास्त्रीय दृष्टिकोणले अटोमोबाइल क्षेत्रलाई हेर्ने बताएका थिए । उनले खुला आयात नीतिको फाइदा उठाएर अनावश्यक रुपमा हुने आयात नियन्त्रण गर्ने संकेत गरेका थिए ।
प्रतिक्रिया