काठमाडौँ । मेगा बैंकले दुई शाखा विस्तार गरेको छ । बैंकले सिरहाको लहान नगरपालिका र गोरखाको भिमसेन थापा गाउँपालिकामा आफ्नो शाखा विस्तार गरेको हो । बैंकले दुई साताको अवधिमा १० वटा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकिङ पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले मेगा बैंकले ग्रामीण भेगमा शाखा विस्तारलाई तिव्रता दिएको हो ।
यो सँगै देशभर मेगा बैंकको शाखा कार्यालय ९३ पुगेको छ । मेगा बैंकका ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।
प्रतिक्रिया