वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थमन्त्री डा.खतिवडाले व्यंगात्मक रुपमा भने,“ मेरा गुरु डा.महतलाई असफल हुन दिन्न”

अर्थटुडे
२०७५ जेष्ठ १६, बुधबार

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बृद्धिदर ८ प्रतिशत हुने आधार प्रसस्त भएको बताएका छन् । उनले कृषि, उद्योग तथा सेवा क्षेत्रको बृद्धिदर बढ्ने अपेक्षा गरेको बताए । बजेटपछिको आर्थिक पत्रकारहरुसँगको छलफल कार्यक्रममा उनले भने, ‘सोही आधारमा सरकारले आगामी आर्थिक बर्षमा ८ प्रतिशत आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य लिएको हो ।’

हाल कृषिको बार्षिक बृद्धिदर साढे ४ प्रतिशत रहँदै आएको र अगामी दिनमा उद्योगको बृद्धिदर बढेर १२ प्रतिशत पुग्ने अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

डा.खतिवडाले कार्यक्रममा सोधिएको प्रश्नको जवाफ दिँदै सरकारले ८ प्रतिशतको आर्थिक बृद्धिदर हालिस गर्ने लक्ष्य लिएपनि पूर्वअर्थमन्त्री तथा आफ्ना गुरु डा. रामशरण महतलाई असफल हुन नदिन लक्षित आर्थिक बृद्धिभन्दा कम नै गर्ने बताए ।

उनले भने, ‘मेरा गुरुलाई असफल बनाउँन चाहदिन उहाँको सम्मानमै भएपनि सोभन्दा केही अंक मात्रै भएपनि कम आर्थिक बृद्धि हासिल गरौला ।’

विद्युतको आपूर्तिमा भएको बृद्धि र नयाँ सिमेन्ट र खानी उद्योग आउन लागेका कारण उद्योग क्षेत्रको बृद्धिदर बढ्ने उनको दावी थियो । यसैगरी देशमा सेवा क्षेत्रको बृद्धिदर पनि अबका दिन उल्लेख्य मात्रामा बढ्ने जानकारी दिए ।

कार्यक्रममा उनले कुनै पनि व्यक्ति वा व्यवसायीलाई राज्यको आधारभुत मार्गदर्शनभन्दा बाहिर गएमा तत्काल कानुनी दायरामा ल्याइने बताएका छन् । ‘राज्यले जनताको पक्षमा काम गर्छ,’ उनले भने, ‘यदि कसैले तलमाथी गर्न थालेभने छाडिने छैन ।’

यसैगरी सरकारले शैक्षिक प्रमाणपत्रमा उद्यम गर्न चाहने व्यक्तिलाई प्रदान गरिने कर्जामा पनि सुरक्षाको ग्यारेन्टी गरेको उनले जानकारी दिए ।

‘हामीले कर्जा दिने व्यक्तिको कर्जा सुरक्षणको व्यवस्था गरेका छौं भने व्यवसाय गर्न चाहनेको पनि व्यवसायको बीमा गरिनेछ,’ उनले भने, ‘दुबै पक्ष सुरक्षित भएपछि कसले दिँदैन कर्जा ?’

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ