काठमाडौं । दरबारमार्ग र न्युरोडस्थित आरके ज्वलर्समा ३८ क्वीन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न गठित विशेष अनुसन्धान समितिले छापा मारेको छ । प्रहरी स्रोतका अनुसार समितिका संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको टोलीले सो पसलमा छापा मारेको हो । दुई वटै पसलबाट प्रहरी ठूलो परिणाममा सुन बरामद गरेको स्रोतको दाबी छ । सो ज्वलर्सका सञ्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् ।
यसअघि प्रहरीले सुनको मुख्य लगानीकर्ता मोहनकुमार अग्रबालको घरमा शुक्रबार छापा मारेर ३० लाख रूपैयाँ नगद, दुई किलो चाँदी र १० तोला सुन बरामद गरेको थियो ।
त्यस्तै, बा १० च २८२ नम्बरको गाडीसहित सुन राख्ने खाली डिब्बा, सुन बोक्ने ज्याकेट र अन्य केही महत्वपूर्ण कागजातहरु पनि प्रहरीले बरामद गरेको छ ।
प्रतिक्रिया