बैकहरु हिजोबाट ब्याजदरको भद्र सहमति बाट फुक्का भए । बाणिज्य बैकहरुको मुद्दतिको ब्याजदर प्रकाशित मै 12%/12.22% देखियो। Bid गरेर संस्थागत निक्षेप लिदा 2% सम्म थप गर्न पाउने नियमनकारी प्राबधानको प्रयोग आजै गरिसकेछन् ।
रु. 100 निक्षेप उठाउदा 20% CCD Ratio को कारण रु.80 मात्रै कर्जा प्रबाह गर्न सकिन्छ। हैन यो 14% मा उठाएको निक्षेपको लागत CRR र CCD Ratio लाई समेत हिसाबमा लिदा 16.7% प्रतिशत लागत हुन्छ त्यो पनी CCR पछिको बांकी 15% को रकम Call Deposit मै राख्न पाए भने।
हुन त सबैको निक्षेपमा ब्याजदर 11% नै 11% हुदा नयाँ र अली ब्राण्ड बनाउदै गरेका बैकहरुको निक्षेप पनी पुराना बैकहरुमा सर्दै गयो होला। तर अब यो 17% लागतमा उठाको पैसा कति ब्याजदरमा लगानी गर्छन् हो ? कि पुराना कर्जाहरुलाई एकमुस्ट फेरि ब्याजदर बढाई दिने ? कर्जाको ग्राहकहरु पहिले नै मर्का मै छन्, अझै बढाउने निति लिदा कसरी तिर्छन्? यो निक्षेप र कर्मचारी तानातानको कारण आउने जोखिम हरुको मुल्याकंन कसले गर्ने? कि निक्षेपका ग्राहक हरुले बल्ल ब्याज पाए भन्दै थपडि बजाउने? अन्यौल भो।
बैक तथा बित्तीय संस्थाहरुको पूजीकोष मात्रै पनी रु 3 खरब हाराहारी पुगेको छ। यो पूजीले लानसक्ने कर्जाको सिमासम्मै ब्यापारको लक्ष्य लिएर हिड्दा रु 28 खरब बराबर कर्जा प्रदान गर्न सक्छन्। रु 28 खरब कर्जा प्रवाह गर्न CCD Ratio अनुसार निक्षेप रु 32-33 खरब लिनु पर्ने हुन्छ। यो पैसा सम्मको तानातानमा लाग्ने हो भने, अर्थतन्त्र गतिशील भैहाल्यो भने पनी 1.5 -2 बर्ष लाग्छ। Industry मा निक्षेपको growth rate 25% छैन तर सबैको बजेटमा Individual growth rate 50%, 70% अनी 100% राखेर दौडे भने कसरी सबैको बजेट पुग्छ ? हामी संयमित नभएर निक्षेप तानातानमा लाग्यौ भने बैकिड़ ईण्डस्ट्रि कै साख र कतिपय बैकहरुको अस्तित्वमा समस्या आउन सक्छ। केहि न केहि guiding rule लिएर हिड्न पर्छ कि ?
कर्जामा जथाभाबी ब्याजदर बढाउने छुट हुने बेला सम्म हामी मच्चीने नै भयौ है ब्यापारको आकारको होडबाजी जो छ ।
जय बैकिड़ !!
(ज्योती विकास बैकका सिइओ ज्ञवालीको फेसबुकबाट साभार)
यो पनि पढ्नुहोस् : पूर्व गर्भनर क्षेत्री भन्छन् : बचतको व्याज बढ्नेवित्तीकै पुरानो कर्जामा व्याज बढाउनु गैरकानुनी
प्रतिक्रिया