वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मौद्रिक नीतिले सम्बोधन गर्यो तरलताको समस्या, सिआरआर र एसएलआर घटाउदा बजारमा ४८ अर्ब तरलता बजारमा

अर्थटुडे
२०७५ असार २७, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको लागि मुल्य बृद्धिको लक्ष्य ६.५ प्रतिशतको राखेको छ । बुधबार केन्द्रिय बैंकले जारी गरेको मौद्रिक नीतिमा मुल्य बृद्धिलाई ६.५ प्रतिशतमा कायम राख्ने गरी विस्तृतका मौद्रिक नीति जारी गरेको हो ।
केन्द्रिय बैंकले अहिले देखिएको तरलताको समस्या समाधानार्थ आर्थिक वर्ष २०७५/७६ को लागि बैंक तथा वित्तिय संस्थाहरुले अनिवार्य नगद अनुपात (सिआर) चार प्रतिशत कायम गरेको छ ।
यसअघि यस्तो सिआरआर वाणिज्य बैंकका लागि ६ प्रतिशत, विकास बैंकका लागि ५ प्रतिशत र वित्त कम्पनीका लागि ४ प्रतिशत रहेको थियो । सिआरआरमा गरेको कटौतिबाट बजारमा करिब ४८ अर्ब रुपैयाँ तरलता आउने नेपाल राष्ट्र बैंकको भनाइ छ । साथै बैंकहरुको आधार दरमा समेत कमी आउने र विस्तारै व्याजदरमा पनि कमी हुदै जाने विश्वास राष्ट्र बैंकको छ ।

त्यसैगरी मौद्रिक नीतिले वैधानिक तरलता अनुपात (एसएलआर) पनि कम गरेको छ । केन्द्रिय बैंकले बाणिज्य बैंकहरुका लागि १२ प्रतिशतबाट १० प्रतिशत, विकास बैंकका लागि ९ प्रतिशतबाट ८ प्रतिशत र वित्त कम्पनीहरुका लागि ८ प्रतिशतबाट ७ प्रतिशत कायम गरेको छ । त्यसैगरी मौद्रिक नीतिमा अन्तिम ऋणदाता सुविधा दरको रुपमा रहेको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिएको छ ।

मौद्रिक नीतिमा के छ ? हेर्नुहोस् पुर्णपाठ

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ