काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुको एक शाखा बराबर ४ हजार ४९० जना मानिसले सेवा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार एक बैंकले सो संख्यामा सेवा पुर्याउने छ ।
गत २०७४ जेठमा यस्तो संख्या ५ हजार ८०९ जनसंख्यामा सेवा पुर्याउन सक्ने देखिन्थ्यो । हाल नेपालको जनसंख्या करिव तीन करोड रहेको छ । संघीय व्यवस्था अन्तर्गत गठित ७५३ स्थानीय तहहरुमध्ये २०७५ असार २४ गतेसम्म ५५६ तहमा वाणिज्य बैंकहरुको उपस्थिति पुगेको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार २०७५ जेठ मसान्त सम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या २ हजार ९१९, विकास बैंकहरुको ९५१, वित्त कम्पनीहरुको १८३ र लघुवित्त संस्थाहरुको २ हजार ३६५ गरी कुल शाखा संख्या ६ हजार ४१८ पुगेको छ ।
२०७५ वैशाख मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा रहेको निक्षेप खाता संख्या २ करोड २५ लाख तथा कर्जा खाता संख्या १२ लाख ८७ हजार पुगेको छ । एटीएम संख्या २ हजार ६२४ रहेको छ ।
त्यसैगरी, मोबाइल बंैकिङ्गका ग्राहकहरुको संख्या ४० लाख, इन्टरनेट बैकिङ्गका ग्राहकहरुको संख्या ७ लाख ८४ हजार, जारी भएका डेबिट कार्डको संख्या ५२ लाख ३५ हजार तथा क्रेडिट कार्डको संख्या ९७ हजार रहेको छ ।
प्रतिक्रिया