काठमाडौं । बिमा समितिबाट अनुमति पाएका बिमा कम्पनीहरुले पुसअघि नै साधारण सेयर जारी गर्नेछन् । बिमा समितिले तोकेको चुक्ता पुँजी पु¥याउनका लागि ६ महिना मात्र समयसिमा दिने व्यवस्था गरेकाले कम्पनीहरुले पुसअघि नै आइपिओ जारी गर्नुपर्ने बाध्यकारी भएको हो ।
हुनत नयाँ कम्पनीहरुले अघिल्लै वर्ष साधारण सभाबाट आईपीओ निष्काशन गर्ने निर्णय पास गरिरहेका छन् । तर, धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा पब्लीक कम्पनीले आईपीओ निष्काशन गर्नका लागि आफ्नो उदेश्य अनुसार कारोबार सञ्चालन गरेको एक आर्थिक बर्षको लेखा परिक्षण गरिएको वित्तीय विवरण सार्वजनिक रुपमा प्रकाशन गर्नुका साथै साधारण सभा समेत सम्पन्न गरिसकेको हुनुपर्ने व्यवस्था रहेको र नेपाल धितोपत्र बोर्डले निश्कासन अनुमति नदिने भएपछि कम्पनीहरुको आइपिओ रोकिएको छ ।
अहिले बिमा कम्पनीहरु धमाधम वित्तीय विवरण बनाउन लागिरहेका छन् । उनीहरुले वित्तीय विवरण लेखापरिक्षण गराई साधारणसभाबाट पारित गरेपछि सेयर जारी गर्ने बाटो खुल्ला हुनेछ ।
तर, समितिले तोकोको चुक्ता पुँजी २०७५ पुससम्ममा पु¥याउनुपर्ने बाध्यता कम्पनीहरुलाई छ । सोही बाध्यताका कारण पनि कम्पनीहरु छिटो भन्दा छिटो वित्तीय विवरण साधारणसभाबाट पारित गराई साधारण सेयर जारी गर्न जुटेका छन् ।
तर, कम्पनीहरुले आर्थिक बर्ष २०७४\७५ को वित्तीय विवरण सार्वजनिक गरेर बीमा समितिमा पेश गर्नुपर्ने व्यवस्था छ । बिमाङ्किय÷एक्चुरी गरिएको रिपोर्ट समेटेर परिस्कृत रिपोर्ट बुझाउनु पर्छ । नेपालमा बिमाङ्कियरएक्चुरी नहुने भएकाले विदेशी कम्पनीसँग एक्चुरी गराउँदा कम्तिमा पनि २ देखि ३ महिना लाग्ने गर्छ । एक्चुरी गरेर बीमा समितिमा पुर्ण प्रतिवेदन पास गराउन करिब ३ महिना लाग्ने गरेको छ । २०७५ साल पुसमा साधारण सभा गरेको बिमा कम्पनीले छिटो गरि आफ्नो बिमा समितिमा बुझाउँदा पनि चैत महिना पुग्छ । साधारण सभाले गरेको निर्णयलाई समितिले अनुमोदन गरेपछि सम्बन्धीत कम्पनीले बिक्री प्रबन्धक तोकेर धितोपत्र बोर्डमा अनुमति दिन पाउनेछ । धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा तिन करोड माथिको सार्बजनिक निस्कासनको अनिबार्य क्रेडिट रेटिंग गर्नु पर्ने भएको कारण क्रेडिट रेटिंग गर्दा कम्तिमा २ दखि ३ महिना लाग्ने देखिन्छ ।
तोकिएको समयमा पुँजी पु¥याउनका लागि सेयर निश्कासनको व्यवस्थालाई सरलिकृत गर्न कम्पनीहरुले माग गर्दै आएका छन् ।
प्रतिक्रिया