काठमाडौं । नेपाल बैंकको थप सार्वजनिक निष्काशन (एफपिओ) मा ५४ प्रतिशत आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन आईतबार कर्मचारी संचय कोष एक्लैले एक अर्बको सेयरका लागि आवेदन गरेको हो ।
एफपिओमा कोषसहित ९६ लाख १८ हजार कित्ताको लागि २ अर्ब ६९ करोड रुपैयाँको आवेदन परेको छ । शुक्रबार बेलुकीसम्ममा ११ प्रतिशत मात्रै आवेदन परेकोमा आइतबार अन्तिम दिन ५४ प्रतिशतको आवेदन परेको हो ।
बैंकले एक करोड ७६ हजार कित्ताको एफपिओ बिक्री खुला गरेकोमा अझै ८० लाख ६६ हजार कित्ताको लागि आवदेन परेको छैन ।
बैंकको एफपिओको लागि ४ अर्ब ९५ करोड रुपैयाँ आवस्यक थियो । अझै दुई अर्ब २६ करोड रुपैयाँ पुगेको छैन । यसका लागि ८ वटा संस्थाले बाँकी शेयर खरिद गर्नुपर्ने छ ।
प्रतिक्रिया