काठमाडौं । भूकम्प पिडितका लागि बैंकहरुले सहूलियत व्याजदरमा गरेको दिएको ऋणको व्याजदर बढेको छ । २ प्रतिशत व्याजदरमा ऋण लिएका भूकम्प पिडितहरु साउन लागेपछि १५ प्रतिशतसम्म व्याजदर तिर्नुपर्ने अवस्थामा पुगेका छन् ।
भूकम्प पिडितलाई सहूलियत व्याजदरमा ऋण दिनका लागि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई पूर्नकर्जा उपलब्ध गराएको थियो । तर, साउनमा राष्ट्र बैंकले पूर्नकर्जा नविकरण नगरेपछि बैंकहरुले ऋणको व्याज बढाएका हुन् ।
अर्थमन्त्री युवराज खतिवडाले आईतबार संसदमा बोल्दै भूकम्पपिडितको कर्जा नविकरण गर्न राष्ट्र बैंकलाई निर्देशन दिइसकेको जानकारी दिए ।
प्रतिक्रिया