वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युरोपेली पुर्वाधार बैंकलाई नेपालमा लगानी गर्न सरकारको आग्रह

अर्थटुडे
२०७५ श्रावण १६, बुधबार

काठमाडौं । युरोपेली पूर्वाधार बैंकलाई नेपालमा लगानी बृद्धि गर्न नेपाल सरकारले आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार युरोपली पूर्वाधार बैंकलाई नेपालमा लगानी बृद्धि गर्न सरकारले आग्रह गरेको हो ।
बुधबार युरोपका विभिन्न मुलुकको भ्रमण पूरा गरी स्वदेश फर्किएका मन्त्री ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बैंकले नेपालको ऊर्जा, कृषि र पूर्वाधार विकासमा लगानी बृद्धि गर्न चासो लिएको बताए ।
युरोप बसाइका क्रममा उनले गैरआवासीय नेपालीहरुलाई पनि नेपालमा लगानी भित्रयाउन आवश्यक पहल गरिदिन आग्रह गरे । युरोपेली पूर्वाधार बैंकले नेपालको ऊर्जा र पूर्वाधार विकासको क्षेत्रमा आर्थिक तथा प्राविधिक लगानी गर्दै आएको छ । मन्त्री ज्ञवालीले आफ्नो भ्रमणपछि युरोपबाट नेपालका लगानी थप बृद्धि हुने विश्वास पनि व्यक्त गर्नु भएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ