वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजारमा ‘पर्ख र हेर’ गर्नुपर्ने ६ कारण : हरिबोल काफ्लेको विश्लेषण

अर्थटुडे
२०७५ श्रावण १७, बिहीबार

शेयरबजारलाई अनुत्पादक क्षेत्र भन्दै अर्थमन्त्री डा.युवराज खतिवडाको भनाइ सार्वजनिक भएसँगै ओरालो लागेको सेयर बजारमा अझै उत्साह देखिएको छैन ।
पुँजीगत लाभकरको विवादका कारण लगानीकर्ताहरु झर्नै विच्किएका छन् । अर्थमन्त्रीले आफ्नो भनाईबारेमा पटक पटक स्पष्टीकरण दिएपनि लगानीकर्ताहरुको विश्वास फर्किएको छैन । लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन् । लगानीकर्ताहरुको अवस्थाबारे शेयरविष्लेषक हरिवोल काफ्लेले औल्याएका ६ वटा कारणहरु ।

  1. व्याजदर घट्ने अपेक्षा सवैको छ । आधार दर र अन्तर वैंक दर घटेपनि तत्काल वजार दर घट्न सकेको छैन । वजार व्याजदर घटेमा माग पक्ष वढ्ने आशा लगानीकर्तामा छ । त्यसपछि वजारमा मुल्यमा उतारचढाव हुने अपेक्षा लगानीकर्तामा देखिन्छ ।
  2. प्रतिवद्धता अनुसारका सरोकार पक्षले गर्नुपर्ने प्राविधिक सुधारहरु अपेक्षाकृत देखिएका छैनन् । अनलाईन प्रणालि पनि निर्धारित समय भन्दा ढिलो भईरहेको छ ।
  3. सवैको हातमा शेयर छ, किन्ने कोहि छैनन् । वढ्ला र वेचौला भनेर कुर्ने धेरै छन् । नयाँ माग सिर्जना हुने अवस्था तत्काल छैन ।

    हरिबोल काफ्ले, सेयर बिश्लेषक

    सक्रिय लगानीकर्ता अन्य लगानीको विकल्पमा आँखा डुलाउन थाल्दछन् । नयाँ लगानीकर्ता वजारमा आउन सक्दैन । संस्थागत लगानीकर्ता समेत समय कुरेर वस्न रुचाउछ ।


  4. वजारमा आपूर्तिको चाप अझै वढिरहेको देखिन्छ । हकप्रद, वोनस वा नयाँ निस्कासनले आपूर्तिलाई नै वलियो टेवा दिईरहेको छ ।
  5. वजार स्थिर रहेको अवस्थामा लगानीकर्ताहरुले आफ्नो अगाडिको रणनीतिमा वढि व्यथित गर्न खोजिरहेका हुन्छन् । उनिहरु आफै अन्यौलमा पुग्छन् र उनिहरुको मनस्थिति के गर्ने भन्ने अन्यौलता पुग्दछ । त्यो आफैमा पर्ख र हेरको अवस्थितिलाई मलजल गर्ने अवस्था हुनसक्छ ।
  6. यो अवस्थामा सक्रिय लगानीकर्ता अन्य लगानीको विकल्पमा आँखा डुलाउन थाल्दछन् । नयाँ लगानीकर्ता वजारमा आउन सक्दैन । संस्थागत लगानीकर्ता समेत समय कुरेर वस्न रुचाउछ ।
    तसर्थ पर्ख र हेरको अवस्था पर्खेर हेरिरहने अवस्था भन्दा फरक देखिन्न ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ