काठमाडौं । नेपाल बैंकले निष्काशन गरेको एफपिओ अब प्रत्याभुतकर्ताहरुले नै सकार्नुपर्ने देखिएको छ । सो बैंकको एफपीओ दोस्रो चणरमा पनि बिक्री नभएपछि संस्थापक र व्यवस्थापनका कर्मचारीको लागि बिक्री खुला गरिएको थियो । यति गर्दा पनि ८३ लाख ९ हजार १०८ कित्ता अझै बिक्री भएन । बिक्री नभएको शेयर ८ वटा प्रत्याभुतकर्ताले नै उठाउनुपर्ने भएको हो ।
विक्रि प्रबन्धकको जिम्वेवारी लिएको सिद्धार्थ क्यापिटलका अनुसार केही थोरै कित्ता संस्थापक तथा व्यवस्थापनले खरिद गरेको भए पनि अन्तिम आवेदक २३ हजार ६२५ ले दुई अर्ब ३२ करोड रुपैयाँको आवदेन परेको छ ।
जसमा कर्मचारी सञ्चय कोषले मात्रै एक अर्ब रुपैयाँको एफपिओ खरिद गरेको थियो । यस बाहेक सर्वसाधारण तथा संस्थापक लगानीकर्ताले जम्मा एक अर्ब ३२ करोड रुपैयाँको आवदेन दिएका थिए ।
ग्लोवल आइएमइ क्यापिटलले २२.९० प्रतिशत अर्थात ५३ करोड २८ लाख रुपैयाँ बराबरको एफ्पीओ उठाउदै छ भने एनआइविएल एस क्यापिटलले १८.१७ प्रतिशत अर्थात ४२ करोड २७ लाख, सिभिल क्यापिटलले ९.०९ प्रतिशत अर्थात २१ १४ लाख रुपैयाँ बराबरको एफपीओ किन्ने भएको हो ।
त्यसैगरी सिविआइएल क्यापिटल २३.३० प्रतिशत अर्थात ५४ करोड २१ लाख, सनराइज क्यापिटलले ७.२७ प्रतिशत अर्थात १६ करोड ९१ लाख, लक्ष्मी क्यापिटलले ९.०९ प्रतिशत अर्थात २१ करोड १४ लाख सानिमा क्यापिटलले ५.४५ प्रतिशत अर्थात १२ करोड ६८ लाख, नेपाल एसविआइ मर्चेन्ट बैंक ४.७३ अर्थात् १० करोड ९९ लाख रुपैयाँ बराबरको एफ्पीओ प्रत्याभुतकर्ता कम्पनीले किन्ने भएका हुन् ।
सो बैंकको नविकेको एफ्पीओ आठवटा प्रत्याभुतकर्ताहरुले नै राख्ने भएका हुन् । सो बैंकको एफ्पीओ २८० प्रतिशेयरका दरले ति प्रत्याभुतकर्ता कम्पनीले नै राख्नुपर्ने बाध्यता भएको हो ।
नेपाल बैंकको शेयर दोस्रो बजारमा नै २८९ रुपैयाँमा किन्न सकिने भएकोले पनि लगानीकर्ताहरु सो बैंकको एफ्पीओमा धेरै आकर्षित नभएका हुन् ।
प्रतिक्रिया