काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले गैर आवाशीय नेपाली (एनआरएन)लाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन् । आइतबार मेरिल्यान्डमा आयोजित प्रवासी मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटन, वित्तलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
“तपाईंहरुले विदेशी भूमिमा बसेर आर्जन गर्नुभएको सम्पत्ति, प्रविधि, सीप र श्रमको विविध क्षेत्रमा लगानी गर्न आउनुहोस् हामी सहजीकरण गर्न तयार छौं ।” अर्थमन्त्री डा खतिवडाले भने । लगानीकर्तालाई आकर्षित गर्न एकद्वार नीति अवलम्बन गरेर कम्पनी दर्तादेखि लगानी गरेर आर्जित गरेको रकमसमेत कर तिरेपछि मुनाफा लैजान सक्ने वातावरण बनाउन सरकार लागिरहेको उनले बताए ।
राज्य नियन्त्रित अर्थतन्त्रतर्फ गयो भन्ने आरोपको खण्डन गर्दै उनले समाजवादको अन्तिम खुड्किलोमा पुग्ने प्रयत्न गरेको स्पष्टिकरण दिए ।
प्रतिक्रिया